दलित समुदायलाई लक्षित दुई दिने कानूनी साक्षरता तालिम सम्पन्न

मोरङ। दलित समुदायको हकहित सुनिश्चित गर्ने उद्देश्यले आयोजित दुईदिने कानूनी साक्षरता तालिम सोमबार सम्पन्न भएको छ। दिब्यज्योति मिडिया प्रालिको आयोजनामा तथा उर्लाबारी नगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा सञ्चालित तालिम उर्लाबारी–३ स्थित दुर्गा मन्दिरको सभा हलमा सम्पन्न भएको हो।

कार्यक्रम दिब्यज्योति मिडिया प्रालिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति मोरङका सदस्य मित्र प्रसाद ढकालको उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा वडा नं. ६ की वडा सदस्य कृष्ण कुमारी विक, अधिकारकर्मी सम्झना मोते, बिमला सुन्दास, सञ्चारकर्मी दिलिप पोखरेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वडा सदस्य कृष्ण कुमारी विकले दलित समुदायको सशक्तिकरणमा यस्ता तालिमहरूले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्। त्यस्तै, अधिकारकर्मी सम्झना मोतेले दलित समुदायप्रति गैर–दलितको दृष्टिकोणमा क्रमशः सकारात्मक परिवर्तन देखा पर्न थालेको धारणा राखिन्।

प्रमुख अतिथि ढकालले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै पछाडि पारिएका वर्गका लागि यस्ता कानूनी साक्षरता कार्यक्रमहरूले सशक्तिकरणमा सहयोग पुग्ने बताए। दुई दिनसम्म सञ्चालन भएको तालिम सञ्चारकर्मी घनश्याम भण्डारीले सञ्चालन गरेका थिए भने प्रशिक्षक उमेश विश्वकर्माले प्रशिक्षण दिएका थिए।

तालिममा वडा नं. ३ मा बसोबास गर्ने दलित समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । तालिमले दलित समुदायमा कानूनी चेतना अभिवृद्धि गर्दै आफ्ना अधिकारप्रति सजग बनाउन मद्दत गरेको तालिमका सहभागीले बताका छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

दलित समुदायलाई लक्षित दुई दिने कानूनी साक्षरता तालिम सम्पन्न

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

दलित समुदायलाई लक्षित दुई दिने कानूनी साक्षरता तालिम सम्पन्न

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

दलित समुदायलाई लक्षित दुई दिने कानूनी साक्षरता तालिम सम्पन्न

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

दलित समुदायलाई लक्षित दुई दिने कानूनी साक्षरता तालिम सम्पन्न

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

दलित समुदायलाई लक्षित दुई दिने कानूनी साक्षरता तालिम सम्पन्न

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

दलित समुदायलाई लक्षित दुई दिने कानूनी साक्षरता तालिम सम्पन्न

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.