प्रेसर कुकर पड्कँदा ४५ वर्षीया महिला गम्भीर घाइते

इटहरी। सुनसरीको रामधुनी नगरपालिका ४ रामपुरामा खाना पकाउने क्रममा प्रेसर कुकर पड्कँदा ४५ वर्षीया एक महिला गम्भीर घाइते भएकी छन्। हिजो (सोमबार) बेलुकी करिब ६ः४० बजे घरमै खाना पकाउने क्रममा कुकर पड्कँदा बिमला भट्टराईको अनुहार र बायाँ हातमा गम्भीर चोट लागेको हो।

घाइते भट्टराईलाई बेलुकी ९ः४० बजे उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ। भट्टराईको अवस्था हाल मध्यम रहेको र विराटनगको ग्रिनक्रस अस्पतालको आईसीयू वार्डमा भर्ना गरिएको बताइएको छ।

घाइते भट्टराईको उपचारमा उनका श्रीमान् कृष्ण भट्टराई संलग्न छन्। घटनाको जानकारी पाएलगतै प्रहरी चौकी सिंगियाबाट प्रहरी सहायक निरीक्षक गोपाल प्रसाद बास्तोलाको कमाण्डमा दुई सदस्यीय टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल प्रहरी चौकी सिंगियाबाट करिब २ किलोमिटर पूर्वउत्तरतर्फ पर्ने र घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रेसर कुकर पड्कँदा ४५ वर्षीया महिला गम्भीर घाइते

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

प्रेसर कुकर पड्कँदा ४५ वर्षीया महिला गम्भीर घाइते

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

प्रेसर कुकर पड्कँदा ४५ वर्षीया महिला गम्भीर घाइते

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

प्रेसर कुकर पड्कँदा ४५ वर्षीया महिला गम्भीर घाइते

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

प्रेसर कुकर पड्कँदा ४५ वर्षीया महिला गम्भीर घाइते

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

प्रेसर कुकर पड्कँदा ४५ वर्षीया महिला गम्भीर घाइते

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.