उदयपुरमा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

गाईघाट,उदयपुर। नेपाल नेत्रज्योती संघ, मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरले चौदण्डीगढी नगरपालिका-५ स्थित आधारभूत विद्यालय सिवाई बेल्हाको स्रोत कक्षामा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई ब्रेल लिपीका शैक्षिक सामग्री सहयोग गरेको छ। कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने १० जना विद्यार्थीलाई एक वर्षसम्म पुग्ने ब्रेल लिपीका सामग्रीहरू प्रदान गरिएको हो।

मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरका अध्यक्ष भागवत राउतले विद्यालयका प्रधानाध्यापक भास्कर चौधरीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए। सहयोग सामग्रीमा ब्रेल लेख्न प्रयोग हुने स्टाइलस, सिलेट र ब्रेल पेपर रहेका छन्।

विद्यालयका प्रधानाध्यापक भास्कर चौधरीले नेपाल नेत्रज्योती संघको यो सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको अध्ययनमा ठूलो मद्दत पुग्ने बताए। उनले भने, ‘दृष्टिविहीन विद्यार्थीहरूलाई एक वर्षसम्म अध्ययनका लागि पुग्ने ब्रेल लिपीका शैक्षिक सामग्री प्राप्त भएकाले उनीहरूलाई अब पढ्न सहज हुनेछ।’

नेपाल नेत्रज्योती संघ तथा मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरका अध्यक्ष भागवत राउतले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकाहरू शिक्षा जस्तो आधारभूत अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो सहयोग गरिएको जानकारी दिए। उनले भने, ‘हामीले १० जना विद्यार्थीहरूका लागि ब्रेल लिपीमा प्रयोग हुने पेपर, लेख्ने स्टाइलस तथा सिलेट उपलब्ध गराएका छौं। बालबालिकाहरूसँग पर्याप्त शैक्षिक सामग्री नहुँदा उनीहरूलाई समस्या हुने भएकाले यो सानो प्रयास गरेका हौं।’

अध्यक्ष राउतले वैशाख ३० गते आफ्नो लागि विशेष दिन भएको र यसै अवसरमा विगत वर्षहरूदेखि सामाजिक कार्य गर्दै आएको पनि बताए। यो सहयोगले विद्यालयका दृष्टिविहीन विद्यार्थीहरूको शैक्षिक भविष्य उज्ज्वल बनाउन थप टेवा पुग्ने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

उदयपुरमा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

उदयपुरमा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

उदयपुरमा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

उदयपुरमा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

उदयपुरमा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

उदयपुरमा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.