धरानमा अध्ययन/अनुसन्धान गर्न आउनुअघि मेयरको अनुमति अनिवार्य लिनुपर्ने

धरान। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा अध्ययन, अनुसन्धान वा अन्य कुनै पनि कामका लागि आउँदा आफ्नो अनुमति अनिवार्य लिनुपर्ने उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक कडा चेतावनी जारी गर्दै यस्तो निर्देशन दिएका हुन्।

मेयर साम्पाङले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, “जुनसुकै निकाय, जत्रो सुकै निकाय किन नहोस्, धरानमा अनुसन्धान, अध्ययन या कुनै किसिमको सोधपुछ गर्न आउनुअघि मेरो (नगरप्रमुखको) अनुमति अनिवार्य लिनुहोला ! अन्यथा, अपमानित बन्नुपर्ला !”

मेयरको यो अभिव्यक्तिले धरानमा अब कुनै पनि संघसंस्था वा निकायले कुनै पनि प्रकारको अध्ययन वा अनुसन्धान गर्न आउनुअघि अनिवार्य रूपमा नगर प्रमुखको अनुमति लिनुपर्ने देखिएको छ। अन्यथा, मेयर साम्पाङले त्यस्ता व्यक्ति वा निकायलाई अपमानित गर्ने चेतावनी दिएका छन्।

युवाहरूमाझ लोकप्रिय र काम गर्ने मेयरको छवि बनाएका साम्पाङको यो अभिव्यक्तिलाई सकारात्मक र नकारात्मक दुवै कोणबाट हेर्न सकिन्छ। कतिपयले नगरको हित र समन्वयका लागि मेयरको यो कदम आवश्यक ठान्ने देखिन्छ भने कतिपयले यसलाई अधिकारको दुरुपयोग र अनुसन्धान तथा अध्ययन जस्तो महत्त्वपूर्ण कार्यमा अंकुश लगाउने प्रयासको रूपमा व्याख्यापनि गर्न सक्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

धरानमा अध्ययन/अनुसन्धान गर्न आउनुअघि मेयरको अनुमति अनिवार्य लिनुपर्ने

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

धरानमा अध्ययन/अनुसन्धान गर्न आउनुअघि मेयरको अनुमति अनिवार्य लिनुपर्ने

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

धरानमा अध्ययन/अनुसन्धान गर्न आउनुअघि मेयरको अनुमति अनिवार्य लिनुपर्ने

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

धरानमा अध्ययन/अनुसन्धान गर्न आउनुअघि मेयरको अनुमति अनिवार्य लिनुपर्ने

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

धरानमा अध्ययन/अनुसन्धान गर्न आउनुअघि मेयरको अनुमति अनिवार्य लिनुपर्ने

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

धरानमा अध्ययन/अनुसन्धान गर्न आउनुअघि मेयरको अनुमति अनिवार्य लिनुपर्ने

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.