सार्वजनिक जमिनमा सुकुम्बासी राख्ने तयारी गर्दै नेकपा मकवानपुर

हेटौंडा । सार्वजनिक जमिनमा हुकुमबासिलाई भन्दा सुकुम्बासीलाई राख्नका लागि नेकपा मकवानपुरले तयारी गरिरहेको छ । यसका लागि नेकपाले दिपक प्रसादको संयोजकत्वमा हेटौंडा-१ चौकिटोल स्थित राप्ती किनारामा रहेको सार्वजनिक जमिन संरक्षणका लागि ५१ सदस्यीय संघर्ष समिति गठन गरेको छ । बिहीवार बसेको भेलाले उक्त कार्य समिति चयन गरेको हो ।

विगतमा सरकारी तथा संस्थागत प्रयोजनका लागि छुट्याएर राखेको सार्वजनिक जमिन केही स्थानिय व्यक्तिहरुले वडाको सहायतामा भागबन्डा गरि बेची खान थालेकोले नेपाल कम्युनिस्ट पार्टिको सहभागितामा उक्त कार्य रोकथामका लागि सम्बन्धित सबै निकायमा ध्यानाकर्षण पत्र बुझाइएको थियो । नेकपाले हाल उक्त जमिनमा हुकुम्बासीलाई बस्न दिनुभन्दा सुकुम्बासीलाई बस्न दिनुपर्छ भनी सार्वजनिक जमिन संरक्षणका लागि संघर्ष समिती निर्माण गरिएको हो । साथै ४/५ सय घरधुरी सुकुम्बासीको फारम भरी आइतबार ११ गते भुमी आयोगमा बुझाउने तयारी पनि गरिरहेको नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी पेमा सीले जानकारी दिएका छन् ।

मकवानपुर लगायत अन्य जिल्लाका घरबार बिहिन तथा कोठाभाडामा बसिरहेका नागरिकलाई एक टुक्रा भए पनि जमिन उपलब्ध गराएर बस्न वातावरण बनाउन नेकपाले भरपुर तयारी गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सार्वजनिक जमिनमा सुकुम्बासी राख्ने तयारी गर्दै नेकपा मकवानपुर

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

सार्वजनिक जमिनमा सुकुम्बासी राख्ने तयारी गर्दै नेकपा मकवानपुर

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

सार्वजनिक जमिनमा सुकुम्बासी राख्ने तयारी गर्दै नेकपा मकवानपुर

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

सार्वजनिक जमिनमा सुकुम्बासी राख्ने तयारी गर्दै नेकपा मकवानपुर

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सार्वजनिक जमिनमा सुकुम्बासी राख्ने तयारी गर्दै नेकपा मकवानपुर

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

सार्वजनिक जमिनमा सुकुम्बासी राख्ने तयारी गर्दै नेकपा मकवानपुर

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.