Day: २०८२ जेष्ठ १०, शनिबार २०:०४

पथरी-मंगलबारे सडकखण्डमा ट्रक पल्टियो,सडकमा सामग्री छरिए

पथरी-मंगलबारे सडकखण्डमा ट्रक पल्टियो,सडकमा सामग्री छरिए

पथरी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरी–मंगलबारे सडकखण्डमा मालबाहक ट्रक पल्टिएको छ। आज करिब २५ मिनेटअघि घटेको दुर्घटनामा ट्रकमा लोड गरिएका सामग्री सडकमा छरिएर परेको दृश्य देखिएको छ। दुर्घटनापछि सडकको एक भाग अवरुद्ध बनेको छ भने ट्राफिक प्रहरीले तत्काल घटना स्थलमा पुगेर आवागमन सहज बनाउन पहल गरिरहेको जनाएको छ। दुर्घटनाको कारण र मानवीय क्षति भएको/नभएको विषयमा विस्तृत विवरण आउन बाँकी छ।
Read More
सार्वजनिक जमिनमा सुकुम्बासी राख्ने तयारी गर्दै नेकपा मकवानपुर

सार्वजनिक जमिनमा सुकुम्बासी राख्ने तयारी गर्दै नेकपा मकवानपुर

हेटौंडा । सार्वजनिक जमिनमा हुकुमबासिलाई भन्दा सुकुम्बासीलाई राख्नका लागि नेकपा मकवानपुरले तयारी गरिरहेको छ । यसका लागि नेकपाले दिपक प्रसादको संयोजकत्वमा हेटौंडा-१ चौकिटोल स्थित राप्ती किनारामा रहेको सार्वजनिक जमिन संरक्षणका लागि ५१ सदस्यीय संघर्ष समिति गठन गरेको छ । बिहीवार बसेको भेलाले उक्त कार्य समिति चयन गरेको हो । विगतमा सरकारी तथा संस्थागत प्रयोजनका लागि छुट्याएर राखेको सार्वजनिक जमिन केही स्थानिय व्यक्तिहरुले वडाको सहायतामा भागबन्डा गरि बेची खान थालेकोले नेपाल कम्युनिस्ट पार्टिको सहभागितामा उक्त कार्य रोकथामका लागि सम्बन्धित सबै निकायमा ध्यानाकर्षण पत्र बुझाइएको थियो । नेकपाले हाल उक्त जमिनमा हुकुम्बासीलाई बस्न दिनुभन्दा सुकुम्बासीलाई बस्न दिनुपर्छ भनी सार्वजनिक जमिन संरक्षणका लागि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.