ज्यालादारी मजदुर तथा कर्मचारीको सामाजिक सुरक्षाको माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र

उर्लाबारी। औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक वर्गको सामाजिक सुरक्षाको माग गर्दै नेकपा एमाले उर्लाबारी नगर कमिटीले मंगलबार उर्लाबारी नगर प्रमुख गंगा प्रसाद खरेललाई ज्ञापनपत्र बुझाएको छ।

उर्लाबारी नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य भुपाल जिमी र एमाले नगर अध्यक्ष निरोज तिम्सिनाले संयुक्त रूपमा उक्त ज्ञापनपत्र नगर प्रमुख खरेललाई बुझाएका हुन्। ज्ञापनपत्रमा विभिन्न निजी कम्पनीहरूमा करार र ज्यालादारी सेवामा कार्यरत मजदुर तथा कर्मचारीहरूलाई संविधानको धारा ३४, धारा ४३, र धारा ५७ को उपधारा ५ तथा स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ को उपदफा ४(३) अनुसार सामाजिक सुरक्षा योजना लागू गर्न माग गरिएको छ। उक्त व्यवस्थाहरूले श्रमिकको जीवनस्तर उकास्न र गरिबी निवारण गर्न सरकारलाई मार्गनिर्देशन प्रदान गरेको भन्दै यिनको प्रभावकारी कार्यान्वयनको माग गरिएको हो।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख गंगा प्रसाद खरेलले श्रमिक वर्गको हकहितमा उर्लाबारी नगरपालिकाले सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाए। उनले सामाजिक सुरक्षालाई नगरपालिकाको प्राथमिकतामा राख्दै आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख गरे!कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता, मजदुर प्रतिनिधि, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

ज्यालादारी मजदुर तथा कर्मचारीको सामाजिक सुरक्षाको माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

ज्यालादारी मजदुर तथा कर्मचारीको सामाजिक सुरक्षाको माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

ज्यालादारी मजदुर तथा कर्मचारीको सामाजिक सुरक्षाको माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

ज्यालादारी मजदुर तथा कर्मचारीको सामाजिक सुरक्षाको माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

ज्यालादारी मजदुर तथा कर्मचारीको सामाजिक सुरक्षाको माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

ज्यालादारी मजदुर तथा कर्मचारीको सामाजिक सुरक्षाको माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.