बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न

हेटौडा। बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख अतिथ्यमा माननीय सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठको विशेष अतिथ्यमा सामाजिक विकास मन्त्रालयको हलमा सम्पन्न भएको छ।

कार्यक्रममा बागमती प्रदेश विश्वविद्यालयका डिन डा. गंगाराम विश्वकर्माले सबै अतिथिहरुलाई स्वागत गर्दै मन्तव्य राखेका थिए भने विश्वविद्यालयको वार्षिक कार्य प्रगति विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले प्रस्तुत गरेका थिए। माननीय सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीश्रेष्ठले प्रदेश विश्वविद्यालयको आवश्यकता औचित्यका बारेमा मन्तव्य राख्दै उच्च शिक्षा प्रदेश सरकारको एकल अधिकारको क्षेत्र हो,उनले भने । प्रमुख अतिथि माननीय मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वविद्यालयले व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिदै अगाडि बढ्ने छ भन्दै प्रदेश गौरवको आयोजनाको रुपमा रहेको विश्वविद्यालयलाई आबश्यक बजेट व्यबस्था गर्ने र विश्वविद्यालयले अगाडी सारेका कार्यहरुमा सहयोग गर्ने एवम् आंगिक क्याम्पस बनाउने वारे छिटै निर्णय लिइने भनि सबैलाई आस्वस्त गरेका थिए ।

उक्त कार्यक्रममा हेटौंडा उप महानगर प्रमुख मिना कुमारी लामाले विश्वविद्यालयलाई आबश्यक सहयोग गर्न र जग्गा उपलव्ध गर्न नगरपालिका प्रतिबद्घ रहेको छ्,उनले भने । प्रमुख सचिव भुपाल बरालले विश्वविद्यालयले अनुसन्धानमा जोड दिने छ र विद्यााथी बाहिर जानुपर्ने अबस्थामा कमी ल्याउने गरी कार्य गर्ने छ,उनले भने । प्रदेश नीति तथा योजना आयोगका माननीय सदस्य गुणराज मुक्तान, माननीय एकलाल श्रेष्ठले विश्वविद्यालय र उच्च शिक्षाका विविध पक्षमा विचार राख्दै बागमती विश्वविद्यालयसँग सहकार्य र सहयोग गर्दै अगाडी बढ्ने विचार व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा संरक्षण समितिका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विश्वविद्यालयका भए गरेका कार्य र यसका अप्ठ्यारा र चुनौती बारे प्रस्ट पार्दै प्रदेश सरकारले बेलैमा निर्णय लिने आशा राख्दै कार्यक्रममा उपस्थित हुनेहरुलाई धन्यबाद प्रकट गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.