एसईईमा अनुत्तीर्ण सबैले मौका परीक्षा दिन पाउने

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार राति सार्वजनिक गरेको छ। यस वर्षको नतिजाअनुसार कुल ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको नतिजामा १ लाख ६७ हजार ५९७ विद्यार्थी ‘नतिजा अवर्गीकृत’ (NG) भएका छन्। यो पटक यी सबै विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन्। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएअनुसार, अनुत्तीर्ण भएका सबै विद्यार्थीहरूले साउन २९ गतेदेखि हुने मौका परीक्षामा सहभागी हुन पाउनेभएका छन्।

गत २०८० सालको एसईईमा पनि ‘एनजी’ आएका सबै विद्यार्थीहरूलाई तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको निर्णयअनुसार मौका परीक्षाको अवसर प्रदान गरिएको थियो। सोहीअनुसार बोर्डले कानुन संशोधन गर्दै सबैलाई मौका परीक्षाको अवसर दिएको थियो। यस पटक पनि सोही प्रावधानअनुसार ‘एनजी’ आउने सबैले पूरक परीक्षा दिन पाउने अध्यक्ष शर्माले स्पष्ट पारेका छन्।

यस वर्षको एसईई चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको थियो। जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

एसईईमा अनुत्तीर्ण सबैले मौका परीक्षा दिन पाउने

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

एसईईमा अनुत्तीर्ण सबैले मौका परीक्षा दिन पाउने

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

एसईईमा अनुत्तीर्ण सबैले मौका परीक्षा दिन पाउने

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

एसईईमा अनुत्तीर्ण सबैले मौका परीक्षा दिन पाउने

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

एसईईमा अनुत्तीर्ण सबैले मौका परीक्षा दिन पाउने

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

एसईईमा अनुत्तीर्ण सबैले मौका परीक्षा दिन पाउने

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.