लालबन्दीमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

लालबन्दी। सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित न्यु माँ राजदेवी खाद्य उद्योगमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार, रौतहटबाट धानको भुस लिन आएको ना६ख ७५५० नम्बरको ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको करेन्ट लागेर मृत्यु भएको हो।

भुस लिन आएको ट्रकबाट त्रिपाल हटाउने क्रममा ११ हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा उनी गम्भीर घाइते भएका थिए। उनको हरिवनस्थित नमूना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान पनि गम्भीर घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

लालबन्दीमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

लालबन्दीमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

लालबन्दीमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

लालबन्दीमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

लालबन्दीमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

लालबन्दीमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.