उदयपुर, अशोज १२ गते । उदयपुरको बेलका नगरपालिका–४ मा काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको एउटा इभी (EV) सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको छ। दुर्घटनापछि गाडीमा सवार सबै यात्रु सकुशल रहेका छन् र मानवीय क्षति भएको छैन।
स्थानीयका अनुसार चालकले रातभरि निरन्तर गाडी चलाइरहेको र निदाएको कारण दुर्घटना भएको अनुमान गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 111













