समग्र ज्ञानको पाँच दशक : शारदा माध्यमिक विद्यालयको ५० औँ स्वर्ण महोत्सव उद्घाटन, मुख्यमन्त्री बानियाले भने– ‘अब ठगी खाने होइन, गरी खाने शिक्षा चाहिन्छ

मकवानपुरगढी–५, मंसिर २ गते । धादिङमा अवस्थित श्री शारदा माध्यमिक विद्यालयले आफ्नाे स्थापना भएको ५० औँ स्वर्ण महोत्सव “आधा शताब्दीको समग्र ज्ञान, उज्ज्वल भविष्यको शारदाको अभियान” भन्ने मूल नाराका साथ हिजोबाट औपचारिक रूपमा सुरु गरेको छ। विद्यालयले स्वर्ण महोत्सवको अवसरमा सप्ताहव्यापी गरी कुल ५८ वटा विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

मुख्य अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरे। राष्ट्रिय गान तथा सहिद परिवारप्रति एक मिनेट मौन धारणपछि कार्यक्रम अघि बढाइएको थियो।

मुख्यमन्त्री बानियाको मुख्य भनाइ :

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले शिक्षालाई जीवन परिवर्तनकाे प्रकाश भन्दै प्राविधिक तथा व्यवहारिक शिक्षा अनिवार्य बन्नुपर्नेमा जोड दिए। उनले भने–

“स्कुल भनेको मान्छेलाई उज्यालो तर्फ लैजाने मार्गदर्शन हो। किताबमा मात्रै हैन, जीवनमा प्रयोग हुने गरीखाने शिक्षा अबको आवश्यकता हो।”

“हामीलाई अब ठगी खाने, मागी खाने शिक्षा होइन, गरी खाने शिक्षा चाहिएको छ। प्राविधिक र रोजगारमुखी शिक्षा बिना अबको पुस्ता अघि बढ्न सक्दैन।”

मुख्यमन्त्री बानियाले पछिल्लो समय बढेको भ्रष्टाचार, सामाजिक विद्रोह र युवा विदेशिने प्रवृत्तिलाई शिक्षा सुधारमार्फत रोक्न सकिने उल्लेख गर्दै थपे–

“शिक्षकहरू अहिलेको युग अनुसार परिवर्तन हुनुपर्छ। डिजिटल प्रविधि नबुझ्नेले अब स्थान खोसिन सक्छ, नयाँ पुस्ताका दक्ष शिक्षकहरूको आवश्यकता छ।”

पहिलो दिनका प्रमुख कार्यक्रमहरू :

✔ रक्तदान कार्यक्रम तथा ब्लड ग्रुप परीक्षण
✔ विद्यालय गानको लोकार्पण
✔ विद्यालय र शिलालेख अनावरण तथा सार्वजनिकरण

द्वन्द–पीडितसँगको भेट

कार्यक्रममा उपस्थित रहँदै मुख्यमन्त्री बानियाले द्वन्द–पीडित परिवारसँग भेटघाट पनि गरेका थिए। ६२/६३ सालको आन्दोलनमा ज्यान गुमाएका सहिद बासुदेव घिमिरेको सम्झनामा निर्माण भइरहेको सालिकबारे उनले भने–

“यो सालिकलाई छिटो संरक्षित र व्यवस्थित बनाइनेछ। जनताको अधिकारका लागि ज्यान दिने परिवारको पीडा हामीले बिर्सन मिल्दैन।”

द्वन्द–पीडित परिवारले भने–

“वर्षौँदेखि प्रतीक्षामा छौं। अबका आश्वासनहरू छिटो कार्यान्वयन होऊन्।”

अन्य विशिष्ट अतिथिहरू

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, विभिन्न वडाध्यक्ष, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षक विकास निर्देशनालय, CTEVT, मकवानपुर बहुमुखी क्याम्पस, हेटौडा स्कूल अफ म्यानेजमेन्टका प्रमुखलगायत स्थानीय नेता, अभिभावक, शिक्षाप्रेमी तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो। कार्यक्रमको सभा अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाले गरेका थिए।

आगामी कार्यक्रमहरू (मुख्य)

अभिभावक एवं विद्यालय योगदानकर्तालाई सम्मान
जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता
बुद्धिचाल प्रतियोगिता (जिल्ला तथा पालिका स्तर)
विद्यार्थी, अभिभावक, शिक्षक हाजिरीजवाफ, लोकदोहोरी लगायत सांस्कृतिक कार्यक्रम

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

समग्र ज्ञानको पाँच दशक : शारदा माध्यमिक विद्यालयको ५० औँ स्वर्ण महोत्सव उद्घाटन, मुख्यमन्त्री बानियाले भने– ‘अब ठगी खाने होइन, गरी खाने शिक्षा चाहिन्छ

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

समग्र ज्ञानको पाँच दशक : शारदा माध्यमिक विद्यालयको ५० औँ स्वर्ण महोत्सव उद्घाटन, मुख्यमन्त्री बानियाले भने– ‘अब ठगी खाने होइन, गरी खाने शिक्षा चाहिन्छ

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

समग्र ज्ञानको पाँच दशक : शारदा माध्यमिक विद्यालयको ५० औँ स्वर्ण महोत्सव उद्घाटन, मुख्यमन्त्री बानियाले भने– ‘अब ठगी खाने होइन, गरी खाने शिक्षा चाहिन्छ

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

समग्र ज्ञानको पाँच दशक : शारदा माध्यमिक विद्यालयको ५० औँ स्वर्ण महोत्सव उद्घाटन, मुख्यमन्त्री बानियाले भने– ‘अब ठगी खाने होइन, गरी खाने शिक्षा चाहिन्छ

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

समग्र ज्ञानको पाँच दशक : शारदा माध्यमिक विद्यालयको ५० औँ स्वर्ण महोत्सव उद्घाटन, मुख्यमन्त्री बानियाले भने– ‘अब ठगी खाने होइन, गरी खाने शिक्षा चाहिन्छ

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

समग्र ज्ञानको पाँच दशक : शारदा माध्यमिक विद्यालयको ५० औँ स्वर्ण महोत्सव उद्घाटन, मुख्यमन्त्री बानियाले भने– ‘अब ठगी खाने होइन, गरी खाने शिक्षा चाहिन्छ

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.