हेटौंडाको कर्रा खोलामा ‘गर्दि’ माछाका ३० हजार भुरा छोडाइ, नगर प्रमुख लामाद्वारा उत्कृष्ट कर्मचारी सम्मान

हेटौंडा, मंसिर ५ गते । विश्व मत्स्य दिवसको अवसरमा हेटौंडा–५ स्थित कर्रा खोलामा विशेष रेन्चिङ (माछाका भुरा छोड्ने) कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले सहभागी भई प्रतीकात्मक रूपमा खोलामा माछाका भुरा छोडिन्।

photo by hello hetauda upamahanagarpalika

मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रले कर्रा खोलाको जैविक विविधता संरक्षण र मत्स्य उत्पादन प्रवर्द्धन उद्देश्यसहित ‘गर्दि’ जातका ३० हजार भुरा छोडेको जानकारी दिएको छ। कार्यक्रमसँगै नगर प्रमुख लामाले उपमहानगरपालिकाका उत्कृष्ट कर्मचारीहरूलाई सम्मानसमेत प्रदान गरिन्।

photo by hello hetauda upamahanagarpalika

उक्त कार्यक्रमले स्थानीय जलस्रोत संरक्षण, मत्स्य उत्पादनको वृद्धि तथा वातावरणीय सन्तुलनमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.