Day: २०८२ मंसिर ५, शुक्रबार २२:३८

हेटौँडाको ४ नं. वडा सुरक्षित र व्यवस्थित सहरको नमुना बनाउन प्रतिबद्ध: अध्यक्ष सिग्देल

हेटौँडाको ४ नं. वडा सुरक्षित र व्यवस्थित सहरको नमुना बनाउन प्रतिबद्ध: अध्यक्ष सिग्देल

हेटौंडा, मंसिर ५ गते । हेटौंडा उपमहानगरपालिका–४ लाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरको नमुना बनाउने लक्ष्यसहित विभिन्न योजनाहरू अघि बढाइँदै गरेको वडा अध्यक्ष नवीन सिग्देलले बताएका छन्। मित्रनगर टोल विकास संस्थाको २०औँ साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले वडाभित्रका सडक, पेटी, ढल व्यवस्थापनदेखि हरियाली प्रवर्द्धन, सरसफाइ, सुरक्षासम्बन्धी पूर्वाधार र उज्यालो कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन भइरहेको जानकारी दिए। अध्यक्ष सिग्देलका अनुसार लोकतान्त्रिक चौतारी (हुप्रा) प्रदेश राजधानीको पहिचान बोकेको महत्वपूर्ण क्षेत्र भएकाले यसलाई सफा, सुन्दर, सुरक्षित र पूर्ण रूपमा उज्यालो क्षेत्रका रूपमा विकास गर्ने काम तीव्र गतिको अवस्थामा छ। उनले हुप्रा क्षेत्र आसपासका सडकहरूलाई व्यवस्थित रूपमा निर्माण तथा सुधार गर्ने योजना पनि अघि…
Read More
नागरिक मैत्री प्रहरी सेवा तथा मानव अधिकार विशेष अनुशिक्षण तालिम सम्पन्न

नागरिक मैत्री प्रहरी सेवा तथा मानव अधिकार विशेष अनुशिक्षण तालिम सम्पन्न

हेटौंडा, मंसिर ५ गते । गएको मंसिर १ गतेदेखि आज ५ गतेसम्म सञ्चालन भएको पाँच कार्यदिने नागरिक मैत्री प्रहरी सेवा तथा मानव अधिकार विशेष अनुशिक्षण तालिम एक औपचारिक समारोहका बीच सम्पन्न भएको छ। यस अनुशिक्षण तालिमको समापन कार्यक्रम यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो। तालिममा सहभागी प्रहरीले नागरिकमैत्री सेवाको प्रभावकारी कार्यान्वयन, मानव अधिकारको संरक्षण तथा संवर्धन, सेवा प्रवाहमा पारदर्शिता, जिम्मेवारी र उत्तरदायित्वजस्ता विषयमा विशेष प्रशिक्षण प्राप्त गरेका थिए। पाँच दिने यस तालिमले सहभागीहरूको सीप, दक्षता र व्यवहारमैत्री सेवा–प्रवाह क्षमतामा थप गुणात्मक उन्मुखता प्रदान गर्ने विश्वास लिइएको छ। समापन कार्यक्रममा प्रमुख अतिथि बोहराले…
Read More
हेटौंडामा लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

हेटौंडामा लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

हेटौंडा, मंसिर ५ गते । मकवानपुर जिल्लामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागू औषध दुरुपयोगबारे सचेतना प्रदान गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिका–२ मा अवस्थित बाल जागृती माध्यमिक विद्यालयमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रहरि कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (प्र.स.नि.) संगिता लामाले कक्षा ५ देखि ९ मा अध्ययनरत विद्यार्थीहरूलाई लागू औषधको चिनारी, यसको दुष्परिणाम, कानूनले गर्ने व्यवस्था तथा रोकथामका उपायहरूबारे विस्तृत रूपमा प्रशिक्षण प्रदान गरेकी थिइन्। कार्यक्रममार्फत विद्यार्थीहरूलाई सकारात्मक जीवनशैली अपनाउन, गलत साथ–संगतबाट जोगिन तथा लागू औषधका जोखिमहरूबारे सचेत रहन आग्रह गरिएको विद्यालयले जनाएको छ।
Read More
हेटौंडामा श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको फुटकोर्ट/चमेना गृह कार्यक्रमको भव्य उद्घाटन

हेटौंडामा श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको फुटकोर्ट/चमेना गृह कार्यक्रमको भव्य उद्घाटन

हेटौंडा, मंसिर ५ गते । हेटौंडा उपमहानगरपालिकालाई शैक्षिक गन्तव्यका रूपमा अघि बढाउने अभियानअन्तर्गत आज श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, हेटौंडा-४ मा निर्माण गरिएको आधुनिक फुटकोर्ट/चमेना गृह कार्यक्रमको भव्य उद्घाटन सम्पन्न भएको छ। विद्यालय तथा उपमहानगरपालिकाको आन्तरिक स्रोतसाधनको प्रयोगमा निर्माण गरिएको उक्त सुविधा केन्द्रको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले गरेकी हुन्। उद्घाटन कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, विद्यालय व्यवस्थापन समिति, शैक्षिक क्षेत्रका विज्ञ तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता थियो। नवनिर्मित चमेना गृहबाट विद्यालयमा अध्ययनरत झण्डै ३ हजारभन्दा बढी छात्र–छात्राले दैनिक रूपमा खाजा सुविधा प्राप्त गर्नेछन्। आधुनिक संरचना तथा व्यवस्थित सेवासहितको यो चमेना गृह विद्यालयको पूर्वाधार विकासमा…
Read More
हेटौंडाको कर्रा खोलामा ‘गर्दि’ माछाका ३० हजार भुरा छोडाइ, नगर प्रमुख लामाद्वारा उत्कृष्ट कर्मचारी सम्मान

हेटौंडाको कर्रा खोलामा ‘गर्दि’ माछाका ३० हजार भुरा छोडाइ, नगर प्रमुख लामाद्वारा उत्कृष्ट कर्मचारी सम्मान

हेटौंडा, मंसिर ५ गते । विश्व मत्स्य दिवसको अवसरमा हेटौंडा–५ स्थित कर्रा खोलामा विशेष रेन्चिङ (माछाका भुरा छोड्ने) कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले सहभागी भई प्रतीकात्मक रूपमा खोलामा माछाका भुरा छोडिन्। मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रले कर्रा खोलाको जैविक विविधता संरक्षण र मत्स्य उत्पादन प्रवर्द्धन उद्देश्यसहित ‘गर्दि’ जातका ३० हजार भुरा छोडेको जानकारी दिएको छ। कार्यक्रमसँगै नगर प्रमुख लामाले उपमहानगरपालिकाका उत्कृष्ट कर्मचारीहरूलाई सम्मानसमेत प्रदान गरिन्। उक्त कार्यक्रमले स्थानीय जलस्रोत संरक्षण, मत्स्य उत्पादनको वृद्धि तथा वातावरणीय सन्तुलनमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
Read More
राष्ट्रिय सहकारी बैंकको २२औँ वार्षिक साधारण सभा शनिबार प्रदेशगत रूपमा हुँदै

राष्ट्रिय सहकारी बैंकको २२औँ वार्षिक साधारण सभा शनिबार प्रदेशगत रूपमा हुँदै

हेटौंडा, मंसिर ५ गते । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २२औँ वार्षिक साधारण सभा (AGM) आगामी शनिबार, मंसिर ६ गते प्रदेशगत रूपमा सम्पन्न गर्ने भएको छ। यसअघि बैंकले पत्रपत्रिका तथा संस्थागत पत्रमार्फत सूचना प्रकाशित गरिसके पनि कुनै कारणवश सूचना नपुगेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै पुनः जानकारी गराइएको बैंकले जनाएको छ। बैंकका अनुसार सबै प्रदेशमा आयोजना हुने सो साधारण सभामा शेयरधनी सदस्य संस्थाहरूको अनिवार्य उपस्थितिको अपेक्षा गरिएको छ। साथै मंसिर ६ गतेको प्रदेशगत एकाई सभामा उपस्थित प्रतिनिधिहरूले मात्र आगामी पौष महिनामा हुने सञ्चालक तथा लेखा समितिको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिएकोले यो महत्वपूर्ण अवसर नछुटाउन विशेष आग्रह गरिएको छ।…
Read More
हेटौंडा–रातोमाटे–राप्ती पुल तथा सामरी पुल सडक खण्डको २५–२५ गजभित्रका संरचना १५ दिनभित्र हटाउन सडक डिभिजनको सूचना

हेटौंडा–रातोमाटे–राप्ती पुल तथा सामरी पुल सडक खण्डको २५–२५ गजभित्रका संरचना १५ दिनभित्र हटाउन सडक डिभिजनको सूचना

हेटौंडा, मंसिर ५ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँको मातहतमा रहेको सडक डिभिजन हेटौंडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको अतिक्रमित सडक सीमा खाली गराउन पुनः अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ। मङ्सिर ५ गते प्रकाशित सूचनामा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक केन्द्ररेखादेखि दायाँ–बायाँ २५–२५ गज (७५–७५ फिट) भित्र पर्ने सबै संरचना, घर–टहरा, तगारो, किल्ला, खाडल, कुलोजस्ता निर्माण कार्य तथा प्रवेश मार्ग निर्माण सार्वजनिक सडक ऐन २०३१ ले निषेध गरेको उल्लेख छ। हेटौंडा उपमहानगरपालिकाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म पर्ने क्षेत्रमा सर्वोच्च अदालतले विभिन्न मितिहरूमा जारी…
Read More
पाल्पामा शैक्षिक भ्रमणको बस दुर्घटना, ११ विद्यार्थी उपचाररत

पाल्पामा शैक्षिक भ्रमणको बस दुर्घटना, ११ विद्यार्थी उपचाररत

पाल्पा, मंसिर ५ गते । पाल्पाको तानसेन नजिकै शुक्रबार बिहान दाङबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरू लिएर जाँदै गरेको एक बस दुर्घटनामा परेको छ। मंसिर ५ गते बिहान भएको उक्त दुर्घटनामा ११ जना विद्यार्थी घाइते भएका छन्। विद्यार्थीहरूको टोली ऐतिहासिक रानीमहलतर्फ जाँदै गर्दा यात्रामै बस अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि तत्कालै उद्धारकार्य सञ्चालन गरिँदै सबै घाइतेलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरू सबैको उपचार सुरु भइसकेको जानकारी दिइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेपनि सबै विद्यार्थी सुरक्षित रुपमा उपचारमा रहेका छन्।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.