मकवानपुरमा ४७० किलो गाँजा तथा बोलेरो पिकअप बरामद, चालक फरार

भीमफेदी, मंसिर २५ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष प्रहरी टोलीले भीमफेदी गाउँपालिका अन्तर्गत कालिकाटार–नामटार क्षेत्रबाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा निगरानीमा रहेको टोलीले मङ्सिर २५ गते बिहान १ बजे शंका लागेपछि रोक्न खोजिएको बा १७ च ४२ नम्बरको बोलेरो पिकअप गाडी रोक्न नमानेपछि पछ्याउँदै गएको थियो।

गाडी चालकमाथि नियन्त्रण स्थापित गर्न खोज्दा पिकअप गाडी भीमफेदी–३ पान्द्राङतर्फको ढुङ्गा खानी जाने भित्री बाटोतिर लैजान पुगिएको र त्यहीँ चालक फरार भएको प्रहरीले जनाएको छ। पछि गरिएको चेकजाँचमा गाडीको पछाडि ढालामा राखिएका १७ बोरा भित्र रातो प्लास्टिकले बाँधिएका ५० पोकामा जम्मा ४७० किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बरामद गरिएको गाँजा तथा बोलेरो पिकअप गाडीलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही अगाडि बढाइएको छ। साथै फरार गाडीचालक, सवारी धनी तथा सो कार्यमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरमा ४७० किलो गाँजा तथा बोलेरो पिकअप बरामद, चालक फरार

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

मकवानपुरमा ४७० किलो गाँजा तथा बोलेरो पिकअप बरामद, चालक फरार

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

मकवानपुरमा ४७० किलो गाँजा तथा बोलेरो पिकअप बरामद, चालक फरार

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मकवानपुरमा ४७० किलो गाँजा तथा बोलेरो पिकअप बरामद, चालक फरार

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मकवानपुरमा ४७० किलो गाँजा तथा बोलेरो पिकअप बरामद, चालक फरार

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मकवानपुरमा ४७० किलो गाँजा तथा बोलेरो पिकअप बरामद, चालक फरार

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.