मकवानपुरमा अवैध गाँजा र अफिम खेती फडानी, करिब १० बिगहा क्षेत्र नष्ट

हेटौंडा, पुस ४ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रूपमा गरिएको लागू औषध गाँजा तथा अफिम खेती फडानी गरी नष्ट गरेको छ।

प्रेस विज्ञप्ति अनुसार मिति २०८२ साल पौष ३ गते बिहान ९:४५ बजे इलाका प्रहरी कार्यालय पशुपतिनगर, बागमती प्रदेश प्रहरी गण हेटौडा तथा सशस्त्र प्रहरी बल १४ नम्बर गण हे.क्वा. मकवानपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त कारबाही गरेको हो।

प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ र १६ अन्तर्गत पर्ने चिप्लेरी, बंगेली काँसघारी, शक्तिखोला खानेखेत तथा दिले खोलाको आसपास क्षेत्रमा अवैध रूपमा गरिएको लागू औषध गाँजा तथा अफिम खेती करिब १० बिगहा क्षेत्रफलमा फडानी गरी पूर्ण रूपमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार लागू औषधको अवैध खेती र कारोबार नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिइने छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरमा अवैध गाँजा र अफिम खेती फडानी, करिब १० बिगहा क्षेत्र नष्ट

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

मकवानपुरमा अवैध गाँजा र अफिम खेती फडानी, करिब १० बिगहा क्षेत्र नष्ट

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

मकवानपुरमा अवैध गाँजा र अफिम खेती फडानी, करिब १० बिगहा क्षेत्र नष्ट

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मकवानपुरमा अवैध गाँजा र अफिम खेती फडानी, करिब १० बिगहा क्षेत्र नष्ट

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मकवानपुरमा अवैध गाँजा र अफिम खेती फडानी, करिब १० बिगहा क्षेत्र नष्ट

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मकवानपुरमा अवैध गाँजा र अफिम खेती फडानी, करिब १० बिगहा क्षेत्र नष्ट

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.