राज्य विधिको शासनमा नचलेको आरोप, ‘श्रम संस्कृति पार्टीलाई योजनाबद्ध रूपमा कमजोर पार्ने प्रयास भइरहेको’ सुन्दर लामाको दाबी

हेटौंडा, पुस ४ गते । श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाले नेपालमा हालसम्म राज्य विधिको शासनअनुसार नचलेको आरोप लगाउँदै शक्तिकेन्द्रको डिजाइनअनुसार राजनीति सञ्चालन भइरहेको दाबी गरेका छन्।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक स्टाटसमा उनले पछिल्लो समय चर्चामा रहेका राजनीतिक घटनाक्रमप्रति गहिरो प्रश्न उठाएका छन्। उनले रवि लामिछानेलाई लामो समयसम्म देशभर रातको १२ बजेसम्म घुमाइएको घटनालाई उल्लेख गर्दै “अहिले कुन र कहाँको शक्तिले सजिलै बाहिर ल्यायो ?” भन्ने प्रश्न उठाएका छन्।

यस्तै, उनले पूर्व नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति संकेत गर्दै उज्यालो नेपाल पार्टी दर्ताबारे अघिसम्म आफू अनभिज्ञ रहेको र कुनै पनि दल खोल्ने पक्षमा नरहेको सार्वजनिक अभिव्यक्तिपछि अचानक राजनीतिक दलको काममा सक्रिय हुनुको पछाडि कुन शक्तिको प्रभाव रहेको हो भन्ने जिज्ञासा राखेका छन्।

लामाले विधिको शासन लागू भएको भए श्रम संस्कृति पार्टीका अध्यक्षको विगतमा कुनै दाग नदेखिनु पर्ने र उपाध्यक्ष देवराज लामाको २०६८ सालको मुद्दा साढे नौ वर्ष कैद भुक्तान गरी २०६९ सालमै निर्वाचन आयोगबाट जनप्रतिनिधि बन्न पाएको प्रसंगलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। “यतिका वर्षसम्म राज्यको ध्यान कहाँ थियो ?” भन्दै उनले राज्य संयन्त्रप्रति प्रश्न गरेका छन्।

उनका अनुसार हाल श्रम संस्कृति पार्टीलाई कमजोर पार्ने नियोजित प्रयास भइरहेको छ। “यहाँ जे मन लाग्यो त्यही भइरहेको छ,” भन्दै उनले नेपाली जनतालाई यस्ता यथार्थ बुझ्न आग्रह गरेका छन्।

लामाले आगामी निर्वाचनमा श्रम संस्कृति पार्टीलाई माटो चिन्हमा अत्यधिक बहुमतका साथ विजयी गराउन आह्वान गर्दै यदि पार्टीले विधिको शासन लागू गर्न नसके आफूहरू जुनसुकै सजाय भोग्न तयार रहेको चेतावनीसमेत दिएका छन्।

उनको स्टाटसले सामाजिक सञ्जालमा राजनीतिक वृत्तमा व्यापक चर्चा सिर्जना गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

राज्य विधिको शासनमा नचलेको आरोप, ‘श्रम संस्कृति पार्टीलाई योजनाबद्ध रूपमा कमजोर पार्ने प्रयास भइरहेको’ सुन्दर लामाको दाबी

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

राज्य विधिको शासनमा नचलेको आरोप, ‘श्रम संस्कृति पार्टीलाई योजनाबद्ध रूपमा कमजोर पार्ने प्रयास भइरहेको’ सुन्दर लामाको दाबी

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

राज्य विधिको शासनमा नचलेको आरोप, ‘श्रम संस्कृति पार्टीलाई योजनाबद्ध रूपमा कमजोर पार्ने प्रयास भइरहेको’ सुन्दर लामाको दाबी

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

राज्य विधिको शासनमा नचलेको आरोप, ‘श्रम संस्कृति पार्टीलाई योजनाबद्ध रूपमा कमजोर पार्ने प्रयास भइरहेको’ सुन्दर लामाको दाबी

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

राज्य विधिको शासनमा नचलेको आरोप, ‘श्रम संस्कृति पार्टीलाई योजनाबद्ध रूपमा कमजोर पार्ने प्रयास भइरहेको’ सुन्दर लामाको दाबी

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

राज्य विधिको शासनमा नचलेको आरोप, ‘श्रम संस्कृति पार्टीलाई योजनाबद्ध रूपमा कमजोर पार्ने प्रयास भइरहेको’ सुन्दर लामाको दाबी

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.