एक वर्षपछि डिजिटल पर्दामा ‘खुश्मा’—युट्युबमा सार्वजनिक

काठमाडौँ, पुस ८ गते । गत वर्ष २०८१ मा हलमा रिलिज भएर दर्शकको मन जितेको सुपरहिट नेपाली फिल्म ‘खुश्मा’ अब युट्युबमार्फत पनि हेर्न सकिने भएको छ। धीरज मगर र उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहेको यो फिल्म मंगलबार केन्द्र मोसन पिक्चर्सको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको हो।

सशस्त्र द्वन्द्वकालीन परिवेशमा आधारित कथावस्तुले बेपत्ता पारिएका व्यक्तिका परिवारले भोग्नुपरेको पीडा र असहज यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गर्छ। त्यही पीडाको बीचमा विकसित हुने मुख्य पात्रहरूको प्रेमकथाले फिल्मलाई अझ भावनात्मक बनाएको छ।

फिल्मलाई विश्वव्यापी चर्चामा ल्याउन यसको चर्चित गीत “‘रुकुम मैकोट’” ले महत्वपूर्ण भूमिका खेलेको थियो, जसले दर्शक–श्रोतामाझ फिल्मप्रति थप आकर्षण सिर्जना गर्‍यो।

‘खुश्मा’मा माओत्से गुरूङ, राज थापा काउचा, विजय सुब्बा, सुजाता राई, अस्तित्व भट्टचन, अरूण मगर, राजु रेग्मी मगर, संगीता थापालगायत कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ।

हलमा सफल प्रदर्शन गरेपछि झन्डै एक वर्षपछि युट्युबमा आएको यो फिल्मले डिजिटल दर्शकलाई पनि उत्तिकै छोएको विश्वास निर्माण पक्षले व्यक्त गरेको छ। ‘खुश्मा’को व्यवसायिक सफलतासँगै यसका निर्माताले अब नयाँ फिल्म ‘जलाकी’ निर्माणको तयारी सुरु गरिसकेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

एक वर्षपछि डिजिटल पर्दामा ‘खुश्मा’—युट्युबमा सार्वजनिक

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

एक वर्षपछि डिजिटल पर्दामा ‘खुश्मा’—युट्युबमा सार्वजनिक

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

एक वर्षपछि डिजिटल पर्दामा ‘खुश्मा’—युट्युबमा सार्वजनिक

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

एक वर्षपछि डिजिटल पर्दामा ‘खुश्मा’—युट्युबमा सार्वजनिक

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

एक वर्षपछि डिजिटल पर्दामा ‘खुश्मा’—युट्युबमा सार्वजनिक

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

एक वर्षपछि डिजिटल पर्दामा ‘खुश्मा’—युट्युबमा सार्वजनिक

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.