२०८२ पुष ८, मंगलवार २०:२०
२०८२ पुष ८, मंगलवार २०:२०
काठमाडौँ, पुस ८ गते । गत वर्ष २०८१ मा हलमा रिलिज भएर दर्शकको मन जितेको सुपरहिट नेपाली फिल्म ‘खुश्मा’ अब युट्युबमार्फत पनि हेर्न सकिने भएको छ। धीरज मगर र उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहेको यो फिल्म मंगलबार केन्द्र मोसन पिक्चर्सको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको हो। सशस्त्र द्वन्द्वकालीन परिवेशमा आधारित कथावस्तुले बेपत्ता पारिएका व्यक्तिका परिवारले भोग्नुपरेको पीडा र असहज यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गर्छ। त्यही पीडाको बीचमा विकसित हुने मुख्य पात्रहरूको प्रेमकथाले फिल्मलाई अझ भावनात्मक बनाएको छ। फिल्मलाई विश्वव्यापी चर्चामा ल्याउन यसको चर्चित गीत "‘रुकुम मैकोट’" ले महत्वपूर्ण भूमिका खेलेको थियो, जसले दर्शक–श्रोतामाझ फिल्मप्रति थप आकर्षण सिर्जना गर्यो। ‘खुश्मा’मा…