असफल शासनको विकल्प जेन–जी नेतृत्वः अर्जुन शाही

काठमाडौं, पुस १९ गते । जेन–जी क्रान्तिका प्रमुख अगुवा तथा अन्तरिम सरकार गठन प्रक्रियाका सह–संयोजक अर्जुन शाहीले वर्तमान सरकार भ्रष्ट, असफल र जनउत्तरदायी हुन नसकेको आरोप लगाउँदै त्यसको विकल्प जेन–जी नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनका अनुसार जेन–जी आन्दोलनसँग गरिएको प्रतिबद्धता र सार्वजनिक बाचा सरकारले पूरा गर्न सकेको छैन। बरु सरकारलाई जवाफदेही बनाउन खोज्दा राज्यसत्ताको दुरुपयोग गर्दै राजनीतिक प्रतिशोधका आधारमा झुट्टा मुद्दा लगाएर आवाज दबाउने प्रयास भइरहेको छ।

शाहीले भने, “जेन–जी आन्दोलन सुशासन, पारदर्शिता र युवाको नेतृत्व स्थापित गर्ने स्पष्ट उद्देश्यका साथ अघि बढेको हो। तर पुरानो सोचमा अडिएको सरकारले प्रतिबद्धता कार्यान्वयन गर्नु त परै जाओस्, प्रश्न उठाउनेलाई दमन गर्ने नीति अपनाएको छ।”

राजनीतिक प्रतिशोधको आरोप

आफूविरुद्ध दायर गरिएका मुद्दाहरू बनावटी, तथ्यहीन र राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्दै शाहीले यस्ता कदमले लोकतन्त्र र विधिको शासनमाथि गम्भीर आघात पुर्‍याउने चेतावनी दिए। आलोचना र असहमति सहन नसक्ने सरकारले जनताको विश्वास गुमाइसकेको उनको भनाइ छ।

जेन–जीलाई नै निकासको मार्ग

देश राजनीतिक संक्रमणको संवेदनशील मोडमा रहेको उल्लेख गर्दै शाहीले पुराना, भ्रष्ट र जवाफदेहीविहीन संरचनाबाट मुलुकलाई निकास दिन नसकिने बताए। उनका अनुसार युवाको नेतृत्व, नागरिक सहभागिता र संस्थागत सुधारलाई केन्द्रमा राखेर जेन–जी नेतृत्वमा आधारित अन्तरिम सरकार नै अहिलेको आवश्यकता हो।

आन्दोलन नरोकिने चेतावनी

दमन, डर र झुट्टा मुद्दाबाट कुनै पनि आन्दोलन रोकिने अवस्था नरहेको उल्लेख गर्दै शाहीले लोकतान्त्रिक मूल्य, नागरिक अधिकार र संविधानको रक्षा गर्न जेन–जी आन्दोलन अझ सशक्त रूपमा अघि बढ्ने स्पष्ट पारे।

उनले अन्त्यमा भने, “यो संघर्ष कुनै व्यक्तिको होइन, देशको भविष्य, युवाको अधिकार र लोकतान्त्रिक शासन प्रणालीको संरक्षणका लागि हो।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

असफल शासनको विकल्प जेन–जी नेतृत्वः अर्जुन शाही

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

असफल शासनको विकल्प जेन–जी नेतृत्वः अर्जुन शाही

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

असफल शासनको विकल्प जेन–जी नेतृत्वः अर्जुन शाही

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

असफल शासनको विकल्प जेन–जी नेतृत्वः अर्जुन शाही

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

असफल शासनको विकल्प जेन–जी नेतृत्वः अर्जुन शाही

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

असफल शासनको विकल्प जेन–जी नेतृत्वः अर्जुन शाही

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.