“पारदर्शिता माग्नु विरोध होइन, जनताको अधिकार हो” — हेटौंडा मेलाप्रति विशाल राज महतको प्रश्न

हेटौंडा, पुस २९ गते । हेटौंडा — हेटौंडा उपमहानगरपालिकामा सञ्चालन हुँदै आएका मेलाको प्रक्रिया, उद्देश्य र आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न उठ्दै आएका छन्। सोही सन्दर्भमा सेवा, सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले मेला सम्बन्धी निर्णयप्रति जनआवाज उठाएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा मार्फत महतले मेला सञ्चालनको स्वीकृति प्रति होइन, स्वीकृति दिने प्रक्रिया, मापदण्ड र पारदर्शिता प्रति प्रश्न रहेको स्पष्ट पारेका छन्। उनका अनुसार पछिल्लो समय ४–५ वटा संस्थाले मेला सञ्चालनका लागि निवेदन दिएको चर्चा चलेको बेला खेलकुद विकास समितिलाई मात्र स्वीकृति दिनु स्वाभाविक भए पनि त्यसको आधार सार्वजनिक नहुनु चिन्ताको विषय हो।

“आजसम्म कुन–कुन संस्थाले मेला लगाए, त्यसको उपलब्धि के भयो, उद्देश्य के थियो र कसलाई मेला सञ्चालनको जिम्मा दिने भन्ने मापदण्ड के हो भन्ने आधारभूत प्रश्नको जवाफ आवश्यक छ,” महतले उल्लेख गरेका छन्।

उनले कृषि, औद्योगिक र व्यापारिक मेला भनिए पनि वास्तविकतामा कृषि र उद्योगको उपस्थिति न्यून रहेको, बरु स्टल ठेक्कापट्टा, सेटिङ, भागबन्डा र आर्थिक चलखेलको गन्ध बढी आउने गरेको आरोप लगाएका छन्। बालमनोरञ्जनको नाममा विदेशी कम्पनीले आम्दानी लैजाने, पार्किङ शुल्क लिइए पनि साधन सुरक्षाको ग्यारेन्टी नहुने, भोलेन्टियरको नाममा ज्याला र भागबन्डा हुने तथा युवालाई नशामा रमाउने थलो बनाइने अवस्थाप्रति पनि उनले आपत्ति जनाएका छन्।

प्रवेश टिकट र पास प्रणालीलाई समेत महतले आर्थिक पहुँच र चिनजान भएकाको विशेषाधिकार बनेको भन्दै आलोचना गरेका छन्। साथै, अहिलेसम्म मेलाबाट उठेको मुनाफा कहाँ लगानी भयो भन्ने प्रश्न उठाउँदै खेलकुद, कृषि, उद्योग वा स्थानीय विकासमा ठोस योगदान देखिन नसकेको बताएका छन्।

“आम नागरिकलाई जानकारी नदिई ‘सबै ठीक छ’ भन्नु पारदर्शिता होइन, अवहेलना हो,” महतको भनाइ छ। यदि यही शैली निरन्तर रहिरहे बजारमा उठिरहेको आवाज — मेला केही सीमित व्यक्तिको कमाइ खाने भाँडो मात्र हो र उपमहानगरपालिकाको स्वीकृति मिलोमतोको परिणाम हो — भन्ने धारणा अझ बलियो हुँदै जाने उनको चेतावनी छ।

त्यसैले समयमै मेलाको औचित्य, उद्देश्य, छनोट प्रक्रिया र आर्थिक विवरण सार्वजनिक गर्न उनले हेटौंडा उपमहानगरपालिकासँग माग गरेका छन्। “नत्र मेला उत्सव होइन, अविश्वासको प्रदर्शनी बन्दै जानेछ,” भन्दै उनले अन्त्यमा पारदर्शिता माग्नु विरोध होइन, जनताको अधिकार हो भन्ने स्पष्ट सन्देश दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

“पारदर्शिता माग्नु विरोध होइन, जनताको अधिकार हो” — हेटौंडा मेलाप्रति विशाल राज महतको प्रश्न

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

“पारदर्शिता माग्नु विरोध होइन, जनताको अधिकार हो” — हेटौंडा मेलाप्रति विशाल राज महतको प्रश्न

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

“पारदर्शिता माग्नु विरोध होइन, जनताको अधिकार हो” — हेटौंडा मेलाप्रति विशाल राज महतको प्रश्न

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

“पारदर्शिता माग्नु विरोध होइन, जनताको अधिकार हो” — हेटौंडा मेलाप्रति विशाल राज महतको प्रश्न

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

“पारदर्शिता माग्नु विरोध होइन, जनताको अधिकार हो” — हेटौंडा मेलाप्रति विशाल राज महतको प्रश्न

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

“पारदर्शिता माग्नु विरोध होइन, जनताको अधिकार हो” — हेटौंडा मेलाप्रति विशाल राज महतको प्रश्न

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.