२०८२ पुष २९, मंगलवार २३:३२
२०८२ पुष २९, मंगलवार २३:३२
हेटौंडा, पुस २९ गते । हेटौंडा–कुलेखानी–काठमाडौं सडक खण्डमा चल्ने केही सवारी चालकले लागूऔषध सेवन गरी सवारी साधन चलाइरहेको गम्भीर तथ्य सार्वजनिक भएको छ। मंगलबार भीमफेदी अस्पतालका चिकित्सक प्रविण पाठकको नेतृत्वमा गरिएको पिसाब परीक्षणमा १ सय ११ जना चालक मध्ये ११ जनाले लागूऔषध सेवन गरेको पुष्टि भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला जनस्वास्थ्य कार्यालय हेटौंडा र सवारी यान्त्रिक परीक्षण कार्यालय हेटौंडाको संयुक्त अनुगमन तथा चेकजाँचका क्रममा उक्त तथ्य बाहिर आएको हो। इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सन्त श्रेष्ठका अनुसार लागूऔषध सेवन गर्ने ११ जना चालक मध्ये ९ जना सार्वजनिक यातायातका चालक रहेका छन्। तीमध्ये…