थाहा नगरका सडक स्तरिकरणका लागि २५ करोड बजेट सुनिश्चित, स्थानीयवासी उत्साहित

थाहा नगर, पुस २९ गते । थाहा नगरबासीका लागि खुसीको खबर आएको छ। मकवानपुरको चित्लाङ–बज्रबाराही–कुन्छाल सडक खण्डको विस्तार तथा स्तरिकरणका लागि एकमुष्ट रूपमा २५ करोड रुपैयाँ स्रोत व्यवस्थापन गर्ने निर्णय भएको छ।

चित्लाङ बज्रबाराही कुन्छाल सडक अन्तर्गत बज्रबाराही दुप्चे बजार हुँदै कुन्छाल भञ्ज्याङसम्मको सडक विस्तार तथा स्तरिकरण गर्न र चित्लाङदेखि लिलाखेलसम्म आवश्यक स्थानमा सडक स्तरिकरण कार्य सम्पन्न गर्न उक्त बजेट विनियोजन गरिएको हो।

नेकपा एमालेका नेता महेश बर्तौलाले सामाजिक सञ्जालमार्फत यस निर्णयका लागि संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बद्ध सम्पूर्ण अधिकारीहरूलाई आवश्यक सहयोग र सहजीकरण गरेकोमा धन्यवाद व्यक्त गरेका छन्।

उनका अनुसार बिपद्का समयमा अन्य सडक मार्ग अवरुद्ध हुँदा समेत काठमाडौंसँगको सडक सम्पर्क निरन्तर कायम राख्न यो सडकले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। सडक स्तरिकरण सम्पन्न भएपछि त्रिभूवन राजमार्गको कुन्छाल भञ्ज्याङ बिन्दुबाट बज्रबाराही हुँदै चित्लाङ, चन्द्रागिरी र थानकोट भएर काठमाडौंसम्मको यात्रा अझ सरल, सहज र छोटो दूरीको हुने अपेक्षा गरिएको छ।

यस सडक सुधारले थाहा नगरलाई कृषि र पर्यटनको नगरको रूपमा अगाडि बढाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, सबैको साझा र सकारात्मक पहलबाट यी प्रयासहरू सफल भएको जानकारी पनि नेता बर्तौलाले दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

थाहा नगरका सडक स्तरिकरणका लागि २५ करोड बजेट सुनिश्चित, स्थानीयवासी उत्साहित

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

थाहा नगरका सडक स्तरिकरणका लागि २५ करोड बजेट सुनिश्चित, स्थानीयवासी उत्साहित

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

थाहा नगरका सडक स्तरिकरणका लागि २५ करोड बजेट सुनिश्चित, स्थानीयवासी उत्साहित

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

थाहा नगरका सडक स्तरिकरणका लागि २५ करोड बजेट सुनिश्चित, स्थानीयवासी उत्साहित

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

थाहा नगरका सडक स्तरिकरणका लागि २५ करोड बजेट सुनिश्चित, स्थानीयवासी उत्साहित

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

थाहा नगरका सडक स्तरिकरणका लागि २५ करोड बजेट सुनिश्चित, स्थानीयवासी उत्साहित

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.