लागूऔषध सेवन गरेर सवारी चलाउने ११ चालक फेला, हेटौंडा–कुलेखानी–काठमाडौं रूटमा कडा चेकजाँच

हेटौंडा, पुस २९ गते । हेटौंडा–कुलेखानी–काठमाडौं सडक खण्डमा चल्ने केही सवारी चालकले लागूऔषध सेवन गरी सवारी साधन चलाइरहेको गम्भीर तथ्य सार्वजनिक भएको छ। मंगलबार भीमफेदी अस्पतालका चिकित्सक प्रविण पाठकको नेतृत्वमा गरिएको पिसाब परीक्षणमा १ सय ११ जना चालक मध्ये ११ जनाले लागूऔषध सेवन गरेको पुष्टि भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला जनस्वास्थ्य कार्यालय हेटौंडा र सवारी यान्त्रिक परीक्षण कार्यालय हेटौंडाको संयुक्त अनुगमन तथा चेकजाँचका क्रममा उक्त तथ्य बाहिर आएको हो।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सन्त श्रेष्ठका अनुसार लागूऔषध सेवन गर्ने ११ जना चालक मध्ये ९ जना सार्वजनिक यातायातका चालक रहेका छन्। तीमध्ये ६ जना सुमो चालक र ३ जना विद्युतीय सवारी (ईभी) चालक हुन्। बाँकी दुई जना फलफूल तथा माछा बोक्ने सवारी साधनका चालक रहेको जनाइएको छ।

पाहाडी तथा जोखिमपूर्ण सडक खण्डमा दुर्घटनाको संख्या बढ्दै गएपछि ट्राफिक प्रहरीको समन्वयमा सवारी साधन र चालकको स्वास्थ्य तथा क्षमता परीक्षणलाई तीव्र बनाइएको हो। गत पुस २० गते भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ६ यात्रुको मृत्यु र ३ जना गम्भीर घाइते भएका थिए। घाइतेको उपचार अझै जारी रहेको छ।

यात्रुको ज्यान जोखिममा पार्दै लापरबाहीपूर्वक सवारी चलाएको ठहर भएपछि लागूऔषध सेवन गर्ने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

लागूऔषध सेवन गरेर सवारी चलाउने ११ चालक फेला, हेटौंडा–कुलेखानी–काठमाडौं रूटमा कडा चेकजाँच

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

लागूऔषध सेवन गरेर सवारी चलाउने ११ चालक फेला, हेटौंडा–कुलेखानी–काठमाडौं रूटमा कडा चेकजाँच

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

लागूऔषध सेवन गरेर सवारी चलाउने ११ चालक फेला, हेटौंडा–कुलेखानी–काठमाडौं रूटमा कडा चेकजाँच

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

लागूऔषध सेवन गरेर सवारी चलाउने ११ चालक फेला, हेटौंडा–कुलेखानी–काठमाडौं रूटमा कडा चेकजाँच

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

लागूऔषध सेवन गरेर सवारी चलाउने ११ चालक फेला, हेटौंडा–कुलेखानी–काठमाडौं रूटमा कडा चेकजाँच

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

लागूऔषध सेवन गरेर सवारी चलाउने ११ चालक फेला, हेटौंडा–कुलेखानी–काठमाडौं रूटमा कडा चेकजाँच

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.