एमाले कार्यकर्ताको उत्साह उच्च, मकवानपुर–१ मा जित सुनिश्चित : राना

हेटौँडा, माघ १० गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेद्वार रामेश्वर रानाले पार्टी पंक्ति निर्वाचनमा उच्च उत्साहका साथ होमिएको बताएका छन्।

हेटौँडा–४ नम्बर वडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हेटौँडा–४, ६, ७ र १४ नम्बर वडामा सम्पन्न भेलाबाट आफू थप उत्साहित भएको र एमालेको जित सुनिश्चित देखिएको उल्लेख गरे। रानाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा तथा विकास–समृद्धिको नेतृत्व नेकपा एमालेले गर्दै आएको दाबी गर्दै आगामी दिनमा पनि यही नेतृत्व निरन्तर राख्न बहुमत अपरिहार्य रहेको बताए। प्रतिस्पर्धामा स्वस्थ अभ्यास अपनाउँदै निष्पक्ष रूपमा विजय हासिल गर्ने प्रतिबद्धता उनले दोहोर्याए।

कार्यक्रममा पार्टी केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले विकास र समृद्धिका लागि एमालेले निर्वाह गरेको भूमिकाकै कारण मकवानपुरमा दुवै सिट एमालेले जित्ने विश्वास व्यक्त गरे। उनले संगठनको बल, एकताबद्ध पार्टी पंक्ति र प्रभावकारी कार्यकर्ता परिचालनमार्फत पार्टीमाथि देखिएको चौतर्फी आक्रमणको प्रतिरोध गर्ने बताए।

त्यसैगरी जिल्ला सदस्य तथा वडा नं. ४ का इञ्चार्ज शिवहरी दाहालले निर्वाचन तयारीबारे जानकारी गराए। वडा अध्यक्ष नानिराम अर्यालको अध्यक्षतामा सम्पन्न भेलामा नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको वडा सचिव गीता त्रिपाठीले जानकारी दिइन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.