Day: २०८२ माघ १०, शनिबार १५:०३

दासढुङ्गा पुलमा जीवन–मरणको क्षण, ट्राफिक प्रहरीको सतर्कताले बच्यो महिलाको ज्यान

दासढुङ्गा पुलमा जीवन–मरणको क्षण, ट्राफिक प्रहरीको सतर्कताले बच्यो महिलाको ज्यान

चितवन, माघ १० गते । दासढुङ्गा पुलबाट हाम फालेर आत्मघाती प्रयास गरेकी एक महिलालाई ट्राफिक प्रहरीले समयमै उद्धार गरी सकुशल अस्पताल पुर्‍याएका छन्। जुगेडी क्षेत्रमा ड्युटीमा रहेका ट्राफिक प्रहरी सहायक हवल्दार जिबराज भट्टराई र खडक ब. बिष्टले जोखिम मोलेर महिलाको उद्धार गरेका हुन्। पुलबाट हाम फालेको खबर पाउनासाथ घटनास्थल पुगेका प्रहरीद्वयले तत्काल उद्धार गरी उपचारका लागि भरतपुरस्थित अस्पताल पुर्‍याएका थिए। प्रहरीको छिटो निर्णय, सक्रियता र मानवीय संवेदनशीलताका कारण महिलाको ज्यान जोगिन सफल भएको बताइएको छ। यस घटनाले कठिन परिस्थितिमा पनि प्रहरीको जिम्मेवारीबोध र मानवीय साहसको उदाहरण प्रस्तुत गरेको छ।
Read More
एमाले कार्यकर्ताको उत्साह उच्च, मकवानपुर–१ मा जित सुनिश्चित : राना

एमाले कार्यकर्ताको उत्साह उच्च, मकवानपुर–१ मा जित सुनिश्चित : राना

हेटौँडा, माघ १० गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेद्वार रामेश्वर रानाले पार्टी पंक्ति निर्वाचनमा उच्च उत्साहका साथ होमिएको बताएका छन्। हेटौँडा–४ नम्बर वडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हेटौँडा–४, ६, ७ र १४ नम्बर वडामा सम्पन्न भेलाबाट आफू थप उत्साहित भएको र एमालेको जित सुनिश्चित देखिएको उल्लेख गरे। रानाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा तथा विकास–समृद्धिको नेतृत्व नेकपा एमालेले गर्दै आएको दाबी गर्दै आगामी दिनमा पनि यही नेतृत्व निरन्तर राख्न बहुमत अपरिहार्य रहेको बताए। प्रतिस्पर्धामा स्वस्थ अभ्यास अपनाउँदै निष्पक्ष रूपमा विजय हासिल गर्ने प्रतिबद्धता उनले दोहोर्याए। कार्यक्रममा पार्टी केन्द्रीय लेखा आयोगका…
Read More
इशान–सूर्याको तूफानी साझेदारी, न्युजिल्याण्ड माथि भारतको दबदबायुक्त जित

इशान–सूर्याको तूफानी साझेदारी, न्युजिल्याण्ड माथि भारतको दबदबायुक्त जित

रायपुर, माघ १० गते । भारतीय क्रिकेट टोलीले न्युजिल्याण्ड विरुद्ध दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा दर्शकलाई रोमाञ्चित बनाउने प्रदर्शन गर्दै ७ विकेटको शानदार जित निकालेको छ। आक्रामक ब्याटर इशान किशनको विस्फोटक पारी र कप्तान सूर्य कुमार यादवको संयमित तर घातक ब्याटिङका कारण भारतले पाँच खेलको शृङ्खलामा २–० को बलियो अग्रता लिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले रायपुर स्थित शहीद वीर नारायण सिंह रंगशालामा २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रनको चुनौती पूर्ण स्कोर खडा गर्‍यो। कप्तान मिचेल सान्टनरले अविजित ४७ रन जोड्दा रचिन रविन्द्रले ४४ रनको महत्वपूर्ण योगदान दिए। भारतीय बलिङतर्फ कुलदीप यादवले किफायती स्पेलसहित २ विकेट हात पार्दै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.