दासढुङ्गा पुलमा जीवन–मरणको क्षण, ट्राफिक प्रहरीको सतर्कताले बच्यो महिलाको ज्यान

चितवन, माघ १० गते । दासढुङ्गा पुलबाट हाम फालेर आत्मघाती प्रयास गरेकी एक महिलालाई ट्राफिक प्रहरीले समयमै उद्धार गरी सकुशल अस्पताल पुर्‍याएका छन्। जुगेडी क्षेत्रमा ड्युटीमा रहेका ट्राफिक प्रहरी सहायक हवल्दार जिबराज भट्टराई र खडक ब. बिष्टले जोखिम मोलेर महिलाको उद्धार गरेका हुन्।

पुलबाट हाम फालेको खबर पाउनासाथ घटनास्थल पुगेका प्रहरीद्वयले तत्काल उद्धार गरी उपचारका लागि भरतपुरस्थित अस्पताल पुर्‍याएका थिए। प्रहरीको छिटो निर्णय, सक्रियता र मानवीय संवेदनशीलताका कारण महिलाको ज्यान जोगिन सफल भएको बताइएको छ।

यस घटनाले कठिन परिस्थितिमा पनि प्रहरीको जिम्मेवारीबोध र मानवीय साहसको उदाहरण प्रस्तुत गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.