हेटौंडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता र शैक्षिक मेला माघ १६ र १७ गते हुने

हेटौंडा, माघ १५ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० को आयोजनामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक मेला आगामी माघ १६ र १७ गते हेटौंडा बसपार्कमा आयोजना हुने भएको छ।

वडाध्यक्ष फुर्वा दोर्जे लामाका अनुसार मेलाको समुद्घाटन माघ १६ गते बिहान ११:०० बजे बागमती प्रदेश प्रमुख श्री दिपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा हुने तय भएको छ। घरेलु उत्पादनको प्रवर्द्धन, स्थानीय सीपको पहिचान, सांस्कृतिक नृत्यको संरक्षण तथा शैक्षिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको वडाध्यक्ष लामाले जानकारी दिएका छन्।

उक्त मेलामा स्थानीय घरेलु उत्पादनका स्टलहरू, विविध नृत्य प्रतियोगिता तथा शैक्षिक सामग्री प्रदर्शनी रहने जनाइएको छ। वडाध्यक्ष लामाले हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १ देखि १९ सम्मका सम्पूर्ण आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई मेलालाई सफल बनाउन हार्दिक अनुरोध गरेका छन्।

स्थानीय उत्पादनको बजार प्रवर्द्धनसँगै सांस्कृतिक र शैक्षिक गतिविधिलाई एकै स्थानमा समेट्ने उद्देश्यले आयोजना गरिने यो मेला हेटौंडाका लागि महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता र शैक्षिक मेला माघ १६ र १७ गते हुने

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौंडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता र शैक्षिक मेला माघ १६ र १७ गते हुने

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौंडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता र शैक्षिक मेला माघ १६ र १७ गते हुने

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौंडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता र शैक्षिक मेला माघ १६ र १७ गते हुने

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौंडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता र शैक्षिक मेला माघ १६ र १७ गते हुने

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौंडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता र शैक्षिक मेला माघ १६ र १७ गते हुने

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.