Day: २०८२ माघ १५, बिहीबार २३:१४

प्रेस सेन्टर नेपाल मकवानपुरको २२औँ स्थापना दिवस सम्पन्न, वैचारिक दृढता र पत्रकारिताको दायरा विस्तार गर्न जोड

प्रेस सेन्टर नेपाल मकवानपुरको २२औँ स्थापना दिवस सम्पन्न, वैचारिक दृढता र पत्रकारिताको दायरा विस्तार गर्न जोड

हेटौंडा, माघ १५ गते । प्रेस सेन्टर नेपाल मकवानपुरले आफ्नो २२औँ स्थापना दिवसको अवसर पारेर शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। हेटौंडा उपमहानगरपालिका–५ स्थित नेपाल कम्युनिस्ट पार्टीको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी नेतृत्व, प्रेस सेन्टरका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रेस सेन्टर नेपाल मकवानपुरले स्थापना दिवस लक्षित कार्यक्रम आयोजना गर्नु सकारात्मक र प्रशंसनीय कार्य भएको बताइन्। उनले संगठनले आफ्नो कार्यक्षेत्रलाई सानो दायराबाट अझ ठूलो दायरामा विस्तार गर्दै पत्रकारिताको क्षमता र दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन्। मकवानपुर जिल्ला बागमती प्रदेश अन्तर्गत संगठनात्मक दृष्टिले…
Read More
“कलियुगमा फटाहा जितेजस्तो देखिए पनि मूल्य समाजले तिर्छ” – सामाजिक अभियन्ता विशाल राज महत

“कलियुगमा फटाहा जितेजस्तो देखिए पनि मूल्य समाजले तिर्छ” – सामाजिक अभियन्ता विशाल राज महत

हेटौंडा, माघ १५ गते । सेवा, सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले कलियुगको सामाजिक यथार्थप्रति गम्भीर चिन्ता व्यक्त गर्दै फटाहा, चालाक र स्वार्थी प्रवृत्तिहरूले अस्थायी रूपमा जितेजस्तो देखिए पनि त्यसको मूल्य सम्पूर्ण समाजले तिर्नुपर्ने बताएका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको स्टाटसमा उनले धर्मग्रन्थमा उल्लेखित चार युगमध्ये कलियुगलाई अन्तिम युगका रूपमा व्याख्या गर्दै यस युगमा धर्म कमजोर हुने र सत्यभन्दा चालाकी हाबी हुने उल्लेख गरेका छन्। उनका अनुसार सत्य, धैर्य र न्यायको मार्गमा हिँड्नेहरू प्रायः एक्लिन्छन् भने मीठा बोली, सजिला वाचा र खोक्रा आश्वासन दिनेहरू भीडको समर्थन पाउन सफल हुन्छन्। महत्वपूर्ण सन्देशका रूपमा उनले एउटा…
Read More
बुद्धचोक–पिपलबोट क्षेत्रमा यात्रु तानातानको अव्यवस्था, दुर्घटनाको जोखिम बढ्दै : विशाल राज महत

बुद्धचोक–पिपलबोट क्षेत्रमा यात्रु तानातानको अव्यवस्था, दुर्घटनाको जोखिम बढ्दै : विशाल राज महत

हेटौंडा, माघ १५ गते । हेटौंडा उपमहानगरपालिकाअन्तर्गत बुद्धचोकदेखि पिपलबोट हनुमान मन्दिरसम्मको सडक खण्डमा सार्वजनिक सवारी व्यवस्थापनमा गम्भीर अव्यवस्था देखिएको छ। विशेषगरी हेटौंडा–काठमाडौँ लक्षित अटो, मयुरी र मोटरसाइकलमा आएका यात्रुलाई “कता जाने ? गाडी यता” भन्दै युवाहरूले तानातान गर्ने दृश्य दैनिक देखिन थालेपछि दुर्घटनाको जोखिम बढ्दै गएको छ। यस अवस्थाप्रति हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले यात्रु तानातान गर्ने गतिविधिले सडकमा अव्यवस्था मात्र होइन, असभ्य समाजको चित्र समेत प्रस्तुत गरिरहेको उल्लेख गरेका छन्। नजिकै ट्राफिक प्रहरीको उपस्थिति हुँदाहुँदै पनि अवस्था नियन्त्रणबाहिर देखिनु झनै चिन्ताजनक भएको महतको भनाइ छ। सबैलाई रोजिरोटी आवश्यक…
Read More
हेटौंडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता र शैक्षिक मेला माघ १६ र १७ गते हुने

हेटौंडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता र शैक्षिक मेला माघ १६ र १७ गते हुने

हेटौंडा, माघ १५ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० को आयोजनामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक मेला आगामी माघ १६ र १७ गते हेटौंडा बसपार्कमा आयोजना हुने भएको छ। वडाध्यक्ष फुर्वा दोर्जे लामाका अनुसार मेलाको समुद्घाटन माघ १६ गते बिहान ११:०० बजे बागमती प्रदेश प्रमुख श्री दिपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा हुने तय भएको छ। घरेलु उत्पादनको प्रवर्द्धन, स्थानीय सीपको पहिचान, सांस्कृतिक नृत्यको संरक्षण तथा शैक्षिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको वडाध्यक्ष लामाले जानकारी दिएका छन्। उक्त मेलामा स्थानीय घरेलु उत्पादनका स्टलहरू, विविध नृत्य प्रतियोगिता तथा शैक्षिक सामग्री प्रदर्शनी रहने जनाइएको…
Read More
मूलपानीमा प्रहरी–लुटेरा मुठभेड, गोली प्रहारपछि १० जना नियन्त्रणमा

मूलपानीमा प्रहरी–लुटेरा मुठभेड, गोली प्रहारपछि १० जना नियन्त्रणमा

काठमाडौं, माघ १५ गते । काठमाडौंको मूलपानी क्षेत्रमा गएराति प्रहरी र लुटपाटको तयारीमा रहेको एक समूहबीच तनावपूर्ण अवस्था सिर्जना हुँदा प्रहरीले गोली प्रहार गरेको छ। घटनापछि लुटेरा समूहका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार माघ १४ गते बुधबार राति शंकास्पद गतिविधिमा संलग्न समूहलाई घेराबन्दी गर्ने क्रममा स्थिति अचानक बिग्रिएको थियो। प्रहरीले नियन्त्रणमा लिन खोज्दा समूहले प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको डीएसपी कौशल बुढाथोकीले जानकारी दिएको छ। प्रहरीको गोली लागेर विनय तामाङ घाइते भएका छन्। उनको उपचार भइरहेको छ भने घटना स्थलबाट तामाङसहित कुल १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.