बुद्धचोक–पिपलबोट क्षेत्रमा यात्रु तानातानको अव्यवस्था, दुर्घटनाको जोखिम बढ्दै : विशाल राज महत

हेटौंडा, माघ १५ गते । हेटौंडा उपमहानगरपालिकाअन्तर्गत बुद्धचोकदेखि पिपलबोट हनुमान मन्दिरसम्मको सडक खण्डमा सार्वजनिक सवारी व्यवस्थापनमा गम्भीर अव्यवस्था देखिएको छ। विशेषगरी हेटौंडा–काठमाडौँ लक्षित अटो, मयुरी र मोटरसाइकलमा आएका यात्रुलाई “कता जाने ? गाडी यता” भन्दै युवाहरूले तानातान गर्ने दृश्य दैनिक देखिन थालेपछि दुर्घटनाको जोखिम बढ्दै गएको छ।

यस अवस्थाप्रति हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले यात्रु तानातान गर्ने गतिविधिले सडकमा अव्यवस्था मात्र होइन, असभ्य समाजको चित्र समेत प्रस्तुत गरिरहेको उल्लेख गरेका छन्।

नजिकै ट्राफिक प्रहरीको उपस्थिति हुँदाहुँदै पनि अवस्था नियन्त्रणबाहिर देखिनु झनै चिन्ताजनक भएको महतको भनाइ छ। सबैलाई रोजिरोटी आवश्यक भए पनि संयम, सभ्यता र जोखिमरहित तरिकाले काम गर्नु सबैको दायित्व भएको उनले स्पष्ट पारेका छन्।

उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा हेटौंडा उपमहानगरपालिकालाई प्रत्यक्ष सम्बोधन गर्दै यो अव्यवस्था कसले र कहिले रोक्ने भन्ने प्रश्न उठाएका छन्। दुर्घटना भएपछि मात्र चेत खुल्ने कि अहिले नै जिम्मेवारी लिने भन्ने उनको चेतावनीमूलक टिप्पणी छ।

स्थानीयवासीहरूका अनुसार यस प्रकारको अव्यवस्था लामो समयदेखि रहँदै आएको छ। सम्बन्धित निकायले समयमै चासो नदिए ठूला दुर्घटना हुन सक्ने जोखिम उच्च रहेको भन्दै तत्काल अनुगमन, कडाइ र व्यवस्थित यातायात व्यवस्थापनको माग गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बुद्धचोक–पिपलबोट क्षेत्रमा यात्रु तानातानको अव्यवस्था, दुर्घटनाको जोखिम बढ्दै : विशाल राज महत

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

बुद्धचोक–पिपलबोट क्षेत्रमा यात्रु तानातानको अव्यवस्था, दुर्घटनाको जोखिम बढ्दै : विशाल राज महत

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

बुद्धचोक–पिपलबोट क्षेत्रमा यात्रु तानातानको अव्यवस्था, दुर्घटनाको जोखिम बढ्दै : विशाल राज महत

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

बुद्धचोक–पिपलबोट क्षेत्रमा यात्रु तानातानको अव्यवस्था, दुर्घटनाको जोखिम बढ्दै : विशाल राज महत

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

बुद्धचोक–पिपलबोट क्षेत्रमा यात्रु तानातानको अव्यवस्था, दुर्घटनाको जोखिम बढ्दै : विशाल राज महत

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

बुद्धचोक–पिपलबोट क्षेत्रमा यात्रु तानातानको अव्यवस्था, दुर्घटनाको जोखिम बढ्दै : विशाल राज महत

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.