एम्बुलेन्सलाई शववाहन बनाउने विषयमा कानुनी अन्योल, हेटौंडा अस्पतालमा शववाहन अभाव

हेटौंडा, फागुन २६ गते । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पतालमा शववाहन अभाव रहेको विषयमा एम्बुलेन्सलाई शववाहनमा रुपान्तरण गर्ने प्रस्ताव अघि बढे पनि कानुनी प्रावधान स्पष्ट नभएकाले प्रक्रिया अन्योलमा परेको छ।

जनस्वास्थ्य कार्यालय मकवानपुरमा हिजो एम्बुलेन्स सञ्चालन सम्बन्धी विषयमा भएको छलफलका क्रममा हेटौंडा अस्पतालमा शववाहन अभाव रहेको जानकारी प्राप्त भएको हो।

एम्बुलेन्स सेवा निर्देशिका २०८२ अनुसार १० वर्षभन्दा बढी सञ्चालन भएका “ग” वर्गका एम्बुलेन्स सञ्चालन गर्न नमिल्ने व्यवस्था छ। सोही आधारमा हर्नामाडी स्वास्थ्य चौकीको एम्बुलेन्सलाई २०८२ माघ ४ गतेको निर्णयअनुसार शववाहनका रूपमा हस्तान्तरण गर्न सिफारिस गरिएको बताइएको छ।

त्यसैगरी २०८२ माघ १३ गते हेटौंडा उपमहानगरपालिकाले पनि सोही प्रयोजनका लागि सिफारिस गरेको पाइएको छ।

तर एम्बुलेन्स सेवा निर्देशिकामा एम्बुलेन्सलाई शववाहनमा रुपान्तरण गर्ने स्पष्ट प्रावधान नभएकाले प्रक्रिया अघि बढाउन कठिनाइ भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी लक्ष्मण घिमिरे र जनस्वास्थ्य प्रशासक किरण श्रेष्ठले मिल्ने कानुनी व्यवस्था भएमा उक्त प्रस्तावलाई माथिल्लो निकायमा पठाउन आफूहरू तयार रहेको बताएका छन्।

सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले सामाजिक सञ्जालमार्फत यो विषय सार्वजनिक गर्दै सम्बन्धित निकायले छिटो निर्णय गरी समस्या समाधान गर्न ध्यान दिनुपर्ने बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

एम्बुलेन्सलाई शववाहन बनाउने विषयमा कानुनी अन्योल, हेटौंडा अस्पतालमा शववाहन अभाव

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

एम्बुलेन्सलाई शववाहन बनाउने विषयमा कानुनी अन्योल, हेटौंडा अस्पतालमा शववाहन अभाव

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

एम्बुलेन्सलाई शववाहन बनाउने विषयमा कानुनी अन्योल, हेटौंडा अस्पतालमा शववाहन अभाव

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

एम्बुलेन्सलाई शववाहन बनाउने विषयमा कानुनी अन्योल, हेटौंडा अस्पतालमा शववाहन अभाव

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

एम्बुलेन्सलाई शववाहन बनाउने विषयमा कानुनी अन्योल, हेटौंडा अस्पतालमा शववाहन अभाव

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

एम्बुलेन्सलाई शववाहन बनाउने विषयमा कानुनी अन्योल, हेटौंडा अस्पतालमा शववाहन अभाव

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.