Day: २०८२ फाल्गुन २६, मंगलवार २३:२०

विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउनुपर्छ : गृह सचिव श्रेष्ठ

विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउनुपर्छ : गृह सचिव श्रेष्ठ

काठमाडौँ, फागुन २६ गते । गृह सचिव राज कुमार श्रेष्ठले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रभावकारी बनाउन स्थानीय तहलाई अझ बलियो र जिम्मेवार बनाउनु आवश्यक रहेको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अवलोकन तथा निरीक्षण भ्रमणका क्रममा सचिव श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि आवश्यक स्रोत–साधनको व्यवस्था तथा प्राविधिक सहयोग भने प्रदेश र संघ सरकारले गर्नुपर्ने धारणा व्यक्त गरे। उनले गत साता सम्पन्न प्रतिनिधि सभा निर्वाचनको सन्दर्भ उल्लेख गर्दै निर्वाचनको समयमा मौसम कस्तो रहने भन्ने विषयमा चासो बढिरहेको अवस्थामा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानले महत्वपूर्ण सहयोग पुगेको बताए। मौसम पूर्वानुमानको विश्वसनीयताको…
Read More
एम्बुलेन्सलाई शववाहन बनाउने विषयमा कानुनी अन्योल, हेटौंडा अस्पतालमा शववाहन अभाव

एम्बुलेन्सलाई शववाहन बनाउने विषयमा कानुनी अन्योल, हेटौंडा अस्पतालमा शववाहन अभाव

हेटौंडा, फागुन २६ गते । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पतालमा शववाहन अभाव रहेको विषयमा एम्बुलेन्सलाई शववाहनमा रुपान्तरण गर्ने प्रस्ताव अघि बढे पनि कानुनी प्रावधान स्पष्ट नभएकाले प्रक्रिया अन्योलमा परेको छ। जनस्वास्थ्य कार्यालय मकवानपुरमा हिजो एम्बुलेन्स सञ्चालन सम्बन्धी विषयमा भएको छलफलका क्रममा हेटौंडा अस्पतालमा शववाहन अभाव रहेको जानकारी प्राप्त भएको हो। एम्बुलेन्स सेवा निर्देशिका २०८२ अनुसार १० वर्षभन्दा बढी सञ्चालन भएका “ग” वर्गका एम्बुलेन्स सञ्चालन गर्न नमिल्ने व्यवस्था छ। सोही आधारमा हर्नामाडी स्वास्थ्य चौकीको एम्बुलेन्सलाई २०८२ माघ ४ गतेको निर्णयअनुसार शववाहनका रूपमा हस्तान्तरण गर्न सिफारिस गरिएको बताइएको छ। त्यसैगरी २०८२ माघ १३ गते हेटौंडा उपमहानगरपालिकाले पनि सोही…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.