विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउनुपर्छ : गृह सचिव श्रेष्ठ

काठमाडौँ, फागुन २६ गते । गृह सचिव राज कुमार श्रेष्ठले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रभावकारी बनाउन स्थानीय तहलाई अझ बलियो र जिम्मेवार बनाउनु आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अवलोकन तथा निरीक्षण भ्रमणका क्रममा सचिव श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि आवश्यक स्रोत–साधनको व्यवस्था तथा प्राविधिक सहयोग भने प्रदेश र संघ सरकारले गर्नुपर्ने धारणा व्यक्त गरे।

उनले गत साता सम्पन्न प्रतिनिधि सभा निर्वाचनको सन्दर्भ उल्लेख गर्दै निर्वाचनको समयमा मौसम कस्तो रहने भन्ने विषयमा चासो बढिरहेको अवस्थामा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानले महत्वपूर्ण सहयोग पुगेको बताए। मौसम पूर्वानुमानको विश्वसनीयताको आधारमा पूर्वतयारी र प्रतिकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

सो अवसरमा प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनियर दिनेश भट्टले प्राधिकरणले हालसम्म सम्पादन गरिरहेका काम, देखिएका चुनौती तथा गृह मन्त्रालयबाट गरिएको अपेक्षाबारे प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रमकै क्रममा गृह सचिव श्रेष्ठले प्राधिकरणद्वारा तयार गरिएको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन हाते पुस्तिका’ को विमोचन पनि गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउनुपर्छ : गृह सचिव श्रेष्ठ

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउनुपर्छ : गृह सचिव श्रेष्ठ

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउनुपर्छ : गृह सचिव श्रेष्ठ

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउनुपर्छ : गृह सचिव श्रेष्ठ

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउनुपर्छ : गृह सचिव श्रेष्ठ

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउनुपर्छ : गृह सचिव श्रेष्ठ

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.