हेटौंडामा प्रदर्शनका क्रममा सञ्चारकर्मीमाथि दुर्व्यवहार, स्वतन्त्र पत्रकार सङ्घ मकवानपुरको कडा आपत्ति

हेटौंडा, चैत १५ गते । स्वतन्त्र पत्रकार सङ्घ मकवानपुरले समाचार सङ्कलनका क्रममा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

आज आइतबार हेटौंडामा नेकपा एमालेद्वारा आयोजित प्रदर्शनको रिपोर्टिङ गर्ने क्रममा पार्टीका कार्यकर्ताबाट सञ्चारकर्मी सन्तोष बिक र क्यामरा पर्सन चक्र बोहरामाथि दुर्व्यवहार तथा आक्रमण भएको घटना प्रति सङ्घले घोर निन्दा गरेको हो।

सङ्घका सचिव बसन्त भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त घटना प्रेस स्वतन्त्रता माथिको प्रत्यक्ष हस्तक्षेप भएको उल्लेख गरिएको छ। नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकार विरुद्ध यस्ता गतिविधिले गम्भीर आघात पुर्‍याएको सङ्घको ठहर छ।

सङ्घले जिल्ला प्रशासन कार्यालय मकवानपुर, नेपाल प्रहरी लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सञ्चारकर्मीलाई सुरक्षित वातावरणमा आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न सक्ने अवस्था सुनिश्चित गर्न तत्काल प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन माग गरेको छ।

त्यसैगरी, कार्यक्रम आयोजक तथा सम्बन्धित पक्षलाई संयमित र जिम्मेवार भई सञ्चारकर्मीको सुरक्षाप्रति संवेदनशील बन्न पनि आग्रह गरिएको छ।

स्वतन्त्र पत्रकार सङ्घ मकवानपुरद्वारा निकालेको प्रेस विज्ञप्ति यस्तो छ हेर्नुहोस्। 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा प्रदर्शनका क्रममा सञ्चारकर्मीमाथि दुर्व्यवहार, स्वतन्त्र पत्रकार सङ्घ मकवानपुरको कडा आपत्ति

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

हेटौंडामा प्रदर्शनका क्रममा सञ्चारकर्मीमाथि दुर्व्यवहार, स्वतन्त्र पत्रकार सङ्घ मकवानपुरको कडा आपत्ति

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

हेटौंडामा प्रदर्शनका क्रममा सञ्चारकर्मीमाथि दुर्व्यवहार, स्वतन्त्र पत्रकार सङ्घ मकवानपुरको कडा आपत्ति

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

हेटौंडामा प्रदर्शनका क्रममा सञ्चारकर्मीमाथि दुर्व्यवहार, स्वतन्त्र पत्रकार सङ्घ मकवानपुरको कडा आपत्ति

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

हेटौंडामा प्रदर्शनका क्रममा सञ्चारकर्मीमाथि दुर्व्यवहार, स्वतन्त्र पत्रकार सङ्घ मकवानपुरको कडा आपत्ति

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

हेटौंडामा प्रदर्शनका क्रममा सञ्चारकर्मीमाथि दुर्व्यवहार, स्वतन्त्र पत्रकार सङ्घ मकवानपुरको कडा आपत्ति

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.