७१औँ वर्षमा नेपाल पत्रकार महासंघ: हेटौंडामा प्रभातफेरीसहित प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको सन्देश

हेटौंडा, चैत १६ गते । स्कुलरोडबाट सुरु भएको प्रभातफेरी र्याली बुद्धचोक हुँदै मकवानपुर उद्योग वाणिज्य संघ परिसर पार गर्दै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा जिल्लास्थित पत्रकार, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रभातफेरीमार्फत पत्रकारहरूले पेशागत एकता, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको सन्देश प्रवाह गरेका थिए।

महासंघकी अध्यक्ष निर्मला शर्माले स्थापना दिवसको अवसरमा जारी गरेको शुभकामना सन्देशमा महासंघले सात दशकभन्दा लामो इतिहास बोकेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरूको हितमा निरन्तर काम गर्दै आएको बताएकी छिन्। उनले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मिथ्या सूचना फैलिने क्रम बढेकाले तथ्यपरक र विश्वसनीय सूचना प्रवाह गर्नु अहिलेको मुख्य चुनौती बनेको उल्लेख गरिन्।

कार्यक्रममा बागमती प्रदेश अध्यक्ष कृष्णसारु मगरले पत्रकारिताको मूल मर्म सम्झाउँदै जनतालाई सही र सत्य सूचना उपलब्ध गराउनु पत्रकारहरूको प्रमुख दायित्व भएको बताए।

त्यसैगरी महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले मानव अधिकारको संरक्षण, नागरिकको सूचना पहुँच सुनिश्चित गर्ने तथा सार्वजनिक सरोकारका विषयमा पत्रकारहरूको भूमिका अझै सशक्त हुनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाईं तथा पूर्व अध्यक्ष राममणि दाहाललगायतको आतिथ्यता रहेको थियो।

महासंघले हालैका आन्दोलनका क्रममा निशानामा परेका सञ्चारगृह तथा दुर्घटनामा परेका पत्रकारहरूको क्षतिपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। साथै सञ्चार क्षेत्रसँग सम्बन्धित रोकिएका कानुनहरू पारित गरी आवश्यक नयाँ कानुन ल्याउन पनि महासंघले सक्रिय पहल गरिरहेको जनाएको छ।

७१औँ वर्षमा प्रवेशसँगै महासंघले जिम्मेवार, निष्पक्ष र तथ्यपरक पत्रकारिताप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

७१औँ वर्षमा नेपाल पत्रकार महासंघ: हेटौंडामा प्रभातफेरीसहित प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको सन्देश

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

७१औँ वर्षमा नेपाल पत्रकार महासंघ: हेटौंडामा प्रभातफेरीसहित प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको सन्देश

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

७१औँ वर्षमा नेपाल पत्रकार महासंघ: हेटौंडामा प्रभातफेरीसहित प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको सन्देश

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

७१औँ वर्षमा नेपाल पत्रकार महासंघ: हेटौंडामा प्रभातफेरीसहित प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको सन्देश

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

७१औँ वर्षमा नेपाल पत्रकार महासंघ: हेटौंडामा प्रभातफेरीसहित प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको सन्देश

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

७१औँ वर्षमा नेपाल पत्रकार महासंघ: हेटौंडामा प्रभातफेरीसहित प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको सन्देश

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.