हेटौँडामा आधुनिक कृषिमा जोड: सयपत्री फूल खेतीतर्फ महिला कृषकको बढ्दो आकर्षण

हेटौँडा,चैत २९ गते । हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित आधुनिक कृषिमा विशेष जोड दिएको जनाएको छ। उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नगरभित्र गरिने हरेक काम उद्देश्यपूर्ण र सफल हुनुपर्नेमा जोड दिएकी छन्।

उनका अनुसार कृषिलाई आधुनिक प्रविधिसँग जोड्दै नगरवासीलाई आर्थिक रूपमा सम्पन्न बनाउने दृढ संकल्पअनुसार विभिन्न कृषि गतिविधिहरू अघि बढिरहेका छन्। सोही क्रममा हेटौँडा–१८ मा महिला कृषकहरूले व्यावसायिक रूपमा सयपत्री फूल खेती गरिरहेका छन्।

वेमौसममा समेत सयपत्री फूल उत्पादन गर्न सफल भएका कृषकहरूको उत्साहजनक प्रयासले अन्य कृषकहरूलाई समेत प्रेरणा मिलिरहेको प्रमुख लामाले उल्लेख गरेकी छन्।

यसै अवसरमा वडा नम्बर १८ का अध्यक्ष अनिल बानियाँसहित प्रमुख लामाले फूल खेतीमा संलग्न कृषकहरूसँग उत्पादन तथा बजार व्यवस्थापनबारे छलफल समेत गरेकी थिइन्।

कृषकहरूको मेहनत र लगनशीलताप्रति सम्मान व्यक्त गर्दै उनले सबै कृषकहरूलाई धन्यवाद दिएकी छन्। स्थानीय तहको यस्तो पहलले कृषिमा आत्मनिर्भरता र आर्थिक समृद्धितर्फ सकारात्मक संकेत देखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौँडामा आधुनिक कृषिमा जोड: सयपत्री फूल खेतीतर्फ महिला कृषकको बढ्दो आकर्षण

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

हेटौँडामा आधुनिक कृषिमा जोड: सयपत्री फूल खेतीतर्फ महिला कृषकको बढ्दो आकर्षण

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

हेटौँडामा आधुनिक कृषिमा जोड: सयपत्री फूल खेतीतर्फ महिला कृषकको बढ्दो आकर्षण

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौँडामा आधुनिक कृषिमा जोड: सयपत्री फूल खेतीतर्फ महिला कृषकको बढ्दो आकर्षण

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौँडामा आधुनिक कृषिमा जोड: सयपत्री फूल खेतीतर्फ महिला कृषकको बढ्दो आकर्षण

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौँडामा आधुनिक कृषिमा जोड: सयपत्री फूल खेतीतर्फ महिला कृषकको बढ्दो आकर्षण

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.