२०८२ चैत्र २९, आईतवार २२:२१
२०८२ चैत्र २९, आईतवार २२:२१
हेटौँडा,चैत २९ गते । हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित आधुनिक कृषिमा विशेष जोड दिएको जनाएको छ। उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नगरभित्र गरिने हरेक काम उद्देश्यपूर्ण र सफल हुनुपर्नेमा जोड दिएकी छन्। उनका अनुसार कृषिलाई आधुनिक प्रविधिसँग जोड्दै नगरवासीलाई आर्थिक रूपमा सम्पन्न बनाउने दृढ संकल्पअनुसार विभिन्न कृषि गतिविधिहरू अघि बढिरहेका छन्। सोही क्रममा हेटौँडा–१८ मा महिला कृषकहरूले व्यावसायिक रूपमा सयपत्री फूल खेती गरिरहेका छन्। वेमौसममा समेत सयपत्री फूल उत्पादन गर्न सफल भएका कृषकहरूको उत्साहजनक प्रयासले अन्य कृषकहरूलाई समेत प्रेरणा मिलिरहेको प्रमुख लामाले उल्लेख गरेकी छन्। यसै अवसरमा वडा नम्बर १८ का अध्यक्ष अनिल…