अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै रोशन पोखरेलको रिहाइको माग

youtuber-arrtested-techpana-news - 1

काठमाडौं,चैत २९ गते । जेन जि मुभमेन्ट नेपालले युट्युबर रोशन पोखरेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गरिएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएको छ। संगठनका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा उक्त कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत कार्यको रूपमा व्याख्या गरिएको छ।

वक्तव्यमा अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यसले लोकतान्त्रिक व्यवस्थाको आधार निर्माण गर्ने जनाइएको छ। “विचार अभिव्यक्तिलाई अपराधका रूपमा हेर्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउँछ,” वक्तव्यमा भनिएको छ।

संगठनले प्रधानमन्त्री स्वयं र्यापर भएको सन्दर्भ उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रताको महत्त्व अझ राम्रोसँग बुझ्नुपर्ने धारणा राखेको छ। साथै, विगतमा विभिन्न सार्वजनिक व्यक्तित्वहरूबाट आएका विवादास्पद अभिव्यक्तिहरूमा समान मापदण्ड अपनाइनु पर्ने माग पनि गरिएको छ।

वक्तव्यमा भनिएको छ कि यदि अभिव्यक्तिकै आधारमा कारबाही गर्ने हो भने सबैप्रति समान व्यवहार हुनुपर्नेछ। एकतर्फी रूपमा व्यक्तिलाई लक्षित गरी पक्राउ गर्नु कानुनी राज्यको सिद्धान्तविपरीत भएको संगठनको ठहर छ।

जेन जि मुभमेन्ट नेपालले युट्युबर रोशन पोखरेललाई तत्काल रिहा गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै नागरिकको बोल्ने अधिकार सुरक्षित गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै रोशन पोखरेलको रिहाइको माग

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै रोशन पोखरेलको रिहाइको माग

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै रोशन पोखरेलको रिहाइको माग

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै रोशन पोखरेलको रिहाइको माग

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै रोशन पोखरेलको रिहाइको माग

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै रोशन पोखरेलको रिहाइको माग

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.