हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी प्रसारण लाइन विस्तार: स्थानीयमा त्रास, कानुनी संघर्षको तयारी

हेटौडा,बैशाख ८ गते । हेटौडा उपमहानगरपालिका–१५, १६ र १७ नम्बर वडामा ४०० केभी ढल्केवर–दुहबी उच्च क्षमताको प्रसारण लाइन विस्तार गर्ने क्रममा स्थानीयवासीले राज्यको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका छन्।

स्थानीयका अनुसार खेतियोग्य जमिन र घना बस्ती भएको क्षेत्रमा बारम्बार “लाइन स्थानान्तरण गरिने” भन्दै आश्वासन दिइए पनि बिना पूर्वसूचना एक्कासि प्राधिकरणको टोली पाँच वटा सवारी साधन र सुरक्षा फौजसहित पुगेर टावर निर्माणको काम अघि बढाइएको छ। यसले सर्वसाधारणमा त्रास र भयको वातावरण सिर्जना गरेको उनीहरूको भनाइ छ।

पीडितहरूले आफ्नो घरबस्ती र जमिन जोगाउन अब कानुनी उपचारको बाटो रोज्ने निर्णय गरेका छन्। “हामीलाई बारम्बार झुक्याइयो, तर अब आफ्नो अधिकारको रक्षा गर्न एकजुट भएर संघर्ष गर्नेछौं,” संघर्ष समितिका एक सदस्यले बताएका छन्।

संघर्ष समिति हेटौडा १६ ले सबै प्रभावित नागरिकलाई एकताबद्ध भई आफ्नो अधिकार र सुरक्षित बसोबासका लागि तयार रहन आग्रह गरेको छ। समितिले राज्यसँग पारदर्शिता, उचित मुआब्जा तथा वैकल्पिक व्यवस्था सुनिश्चित गर्न माग गरेको छ।

स्थानीयले यस विषयमा सम्बन्धित निकायसँग वार्ता र कानुनी प्रक्रिया दुवै अघि बढाउने बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी प्रसारण लाइन विस्तार: स्थानीयमा त्रास, कानुनी संघर्षको तयारी

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी प्रसारण लाइन विस्तार: स्थानीयमा त्रास, कानुनी संघर्षको तयारी

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी प्रसारण लाइन विस्तार: स्थानीयमा त्रास, कानुनी संघर्षको तयारी

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी प्रसारण लाइन विस्तार: स्थानीयमा त्रास, कानुनी संघर्षको तयारी

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी प्रसारण लाइन विस्तार: स्थानीयमा त्रास, कानुनी संघर्षको तयारी

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी प्रसारण लाइन विस्तार: स्थानीयमा त्रास, कानुनी संघर्षको तयारी

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.