Day: २०८३ बैशाख ८, मंगलवार २३:२४

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

हेटौंडा,बैशाख ८ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले बाग्मती प्रदेशको राजधानी हेटौंडालाई कागजी मात्र नभई व्यवहारिक रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो विचार सार्वजनिक गर्दै हेटौंडालाई केवल पालिकाको संरचनाभित्र सीमित राख्न नहुने बताएका हुन्। उनका अनुसार, जस्तै केन्द्रीय राजधानी काठमाडौंलाई केवल महानगरपालिका भनेर मात्र नहेरी राष्ट्रिय राजधानीका रूपमा चिनिन्छ, त्यसैगरी बाग्मती प्रदेशको राजधानी हेटौंडालाई पनि फरक पहिचान सहित विकास गर्न आवश्यक छ। सिग्देलले राजधानीलाई वास्तविक अर्थमा स्थापित गर्न निश्चित मापदण्ड पूरा गर्नुपर्ने उल्लेख गरेका छन्। उनले हेटौंडालाई शिक्षाको केन्द्र, स्वास्थ्य सेवाको केन्द्र, खेलकुदको केन्द्र,…
Read More
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

काठमाडौं,बैशाख ८ गते । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयहरू गरेको छ। बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा गठित समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र काठमाडौंका भूवन कुमार दाहाल सदस्य रहनेछन्। त्यसैगरी, सरकारले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेका विधेयकहरू पनि संसद्मा पेश गर्न स्वीकृत गरिएको छ। बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा नयाँ नियुक्ति समेत गरेको…
Read More
एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

​भक्तपुर,बैशाख ८ गते । दृष्टिविहीन व्यक्तिहरूलाई पहुँचयुक्त रूपमा डिजिटल र मुद्रित पुस्तकहरू पढ्न सक्षम बनाउने उद्देश्यले भक्तपुरको बालकोटमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ। बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा एक्सेस प्लानिटको आयोजनामा आजदेखि सो तालिम सुरु भएको हो। ​चार दिनसम्म सञ्चालन हुने तालिममा २१ जना दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूको सहभागिता रहेको छ। दृष्टिविहीनहरूका लागि डिजिटल र मुद्रित पुस्तकहरूलाई कसरी पहुँचयुक्त बनाउने र प्रविधिको प्रयोग गरी कसरी अध्ययन गर्ने भन्ने विषयमा केन्द्रित तालिमको सहजकर्ताका रूपमा संजय अर्याल रहेका छन्। ​सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तक ब्रेल लिपिमा उपलब्ध भए पनि अन्य सन्दर्भ सामग्री र पुस्तकहरूको अभाव हुने…
Read More
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली संशोधनको तयारी

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली संशोधनको तयारी

काठमाडौं,बैशाख ८ गते । प्रतिनिधिसभा बैठकमा सांसदहरूले अब मोबाइल फोन प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ। संसद् बैठकको अनुशासन र प्रभावकारिता बढाउने उद्देश्यले प्रतिनिधिसभा सञ्चालन नियमावलीको मस्यौदामा यस्तो प्रावधान राखिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीको नेतृत्वमा गत चैत २३ गते गठन गरिएको मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमा बैठक सञ्चालन सम्बन्धी नियमहरू थप स्पष्ट र कडा बनाउने प्रस्ताव अघि सारिएको छ। समितिले नियम २० अन्तर्गत बैठकमा सहभागी हुने सांसदहरूले अनिवार्य पालना गर्नुपर्ने ११ वटा बुँदा समेटेको छ। प्रस्तावित नियमअनुसार बैठकका क्रममा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाउने व्यवस्था गरिएको छ, जसले सांसदहरूको ध्यान बैठकको विषयवस्तुमा केन्द्रित गर्न…
Read More
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त, डिजिटल भविष्यमा नयाँ ऊर्जा थपिने अपेक्षा

टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त, डिजिटल भविष्यमा नयाँ ऊर्जा थपिने अपेक्षा

काठमाडौं,बैशाख ८ गते । नेपालको सूचना प्रविधि तथा साइबर सुरक्षाको क्षेत्रमा लामो अनुभव संगालेका विज्ञ चिरञ्जीवी अधिकारी टेक पाइला इनोभेसनमा एसोसिएट डाइरेक्टर पदमा नियुक्त भएका छन्। डिजे समूह अन्तर्गत सञ्चालित उक्त संस्थाले अधिकारीलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गर्दै संस्थागत विकास र डिजिटल रूपान्तरणलाई थप तीव्र बनाउने अपेक्षा गरेको जनाएको छ। करिब साढे दुई दशकदेखि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सक्रिय अधिकारी हाल क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा सूचना प्रविधि नीति संयोजकको भूमिकामा समेत कार्यरत छन्। उनले यसअघि नेपाल सरकारका विभिन्न निकायसँग सहकार्य गर्दै साइबर सुरक्षा र प्रविधि विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। टेक पाइला इनोभेसनमा उनको नेतृत्वमा कृत्रिम बुद्धिमत्ता (AI)…
Read More
सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

काठमाडौं,बैशाख ८ गते । नेपाल पत्रकार महासङ्घले तीनै तहका सरकारले सरकारी विज्ञापन केवल सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयलाई विभेदकारी भन्दै यसको विरोधमा देशव्यापी दबाबमूलक कार्यक्रम घोषणा गरेको छ। महासङ्घले उक्त निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको संवैधानिक व्यवस्था, खुला अर्थनीति र संघीयताको मर्म विपरीत भएको ठहर गरेको छ। महासङ्घले २०८२ साल चैत २३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री समक्ष निर्णय फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो। तर, सरकार समस्याप्रति उदासीन देखिएको भन्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको महासचिव रामप्रसाद दाहालले जानकारी दिएका छन्। घोषित कार्यक्रमअनुसार वैशाख ९ गते सबै प्रदेश समितिले मुख्यमन्त्रीसँग छलफल गरी धारणा स्पष्ट…
Read More
हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी प्रसारण लाइन विस्तार: स्थानीयमा त्रास, कानुनी संघर्षको तयारी

हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी प्रसारण लाइन विस्तार: स्थानीयमा त्रास, कानुनी संघर्षको तयारी

हेटौडा,बैशाख ८ गते । हेटौडा उपमहानगरपालिका–१५, १६ र १७ नम्बर वडामा ४०० केभी ढल्केवर–दुहबी उच्च क्षमताको प्रसारण लाइन विस्तार गर्ने क्रममा स्थानीयवासीले राज्यको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका छन्। स्थानीयका अनुसार खेतियोग्य जमिन र घना बस्ती भएको क्षेत्रमा बारम्बार “लाइन स्थानान्तरण गरिने” भन्दै आश्वासन दिइए पनि बिना पूर्वसूचना एक्कासि प्राधिकरणको टोली पाँच वटा सवारी साधन र सुरक्षा फौजसहित पुगेर टावर निर्माणको काम अघि बढाइएको छ। यसले सर्वसाधारणमा त्रास र भयको वातावरण सिर्जना गरेको उनीहरूको भनाइ छ। पीडितहरूले आफ्नो घरबस्ती र जमिन जोगाउन अब कानुनी उपचारको बाटो रोज्ने निर्णय गरेका छन्। “हामीलाई बारम्बार झुक्याइयो, तर अब आफ्नो अधिकारको रक्षा गर्न एकजुट भएर…
Read More
महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

हेटौडा,बैशाख ८ गते । सडक डिभिजन हेटौडाले महेन्द्र राजमार्ग अन्तर्गत पथलैया–चुरियामाई खण्डमा सडक सीमा मिचेर बनाइएका संरचना हटाउन पुनः अत्यन्त जरुरी सूचना जारी गरेको छ। डिभिजनले यसअघि २०७३ साल पौष १८ गते र २०८० साल असार ९ गते समेत विभिन्न चरणमा सूचना जारी गरिसकेको भए पनि हालसम्म सडक सीमाभित्र रहेका घरटहरा नहटाइएको पाइएको जनाएको छ। सूचनाअनुसार महेन्द्र राजमार्गको पथलैया, चुरियामाई ३ नम्बर पुल र चुरियामाई मन्दिर क्षेत्र आसपास सडकको केन्द्रबाट दायाँ–बायाँ २५/२५ मिटर भित्र पर्ने सम्पूर्ण अनधिकृत संरचना २०८३ साल वैशाख १० गतेभित्र अनिवार्य रूपमा हटाउन निर्देशन दिइएको छ। सडक विभागको स्वीकृति बिना सार्वजनिक सडक तथा सडक सीमाभित्र निर्माण गरिएका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.