धितोपत्र कसुरमा शेखर गोल्छा पक्राउ, सीआईबीद्वारा अनुसन्धान जारी

काठमाडौं,बैशाख १० गते । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई पक्राउ गरेको छ।

सीआईबीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छामाथि अनुसन्धान अघि बढाइएको हो। काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका–८ का बासिन्दा हुलासचन्द्र गोल्छाका छोरा, वर्ष ५९ का शेखर गोल्छा उक्त प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।

विज्ञप्तिअनुसार धितोपत्र सम्बन्धी ऐनको दफा ९४, ९५ र ९६ को उपदफा (१) तथा दफा १८ बमोजिमको कसुरमा संलग्न रहेको आशंकामा उनलाई अनुसन्धानको दायरामा ल्याइएको हो। सोही ऐनको दफा १०३ को उपदफा (३) अनुसार थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सीआईबीले २०८३ साल वैशाख १० गते काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएपछि सोही दिन काठमाडौँको नक्सालबाट गोल्छालाई पक्राउ गरेको हो। हाल उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यस प्रकरणमा अन्य व्यक्तिहरूको संलग्नता भए/नभएको विषयमा समेत अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

धितोपत्र कसुरमा शेखर गोल्छा पक्राउ, सीआईबीद्वारा अनुसन्धान जारी

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

धितोपत्र कसुरमा शेखर गोल्छा पक्राउ, सीआईबीद्वारा अनुसन्धान जारी

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

धितोपत्र कसुरमा शेखर गोल्छा पक्राउ, सीआईबीद्वारा अनुसन्धान जारी

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

धितोपत्र कसुरमा शेखर गोल्छा पक्राउ, सीआईबीद्वारा अनुसन्धान जारी

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

धितोपत्र कसुरमा शेखर गोल्छा पक्राउ, सीआईबीद्वारा अनुसन्धान जारी

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

धितोपत्र कसुरमा शेखर गोल्छा पक्राउ, सीआईबीद्वारा अनुसन्धान जारी

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.