Day: २०८३ बैशाख १०, बिहीबार २३:३६

हेटौँडामा जनजाति संग्रहालय सञ्चालनको तयारी अन्तिम चरणमा, असार अन्त्यसम्म खुल्ने

हेटौँडामा जनजाति संग्रहालय सञ्चालनको तयारी अन्तिम चरणमा, असार अन्त्यसम्म खुल्ने

हेटौँडा,बैशाख १० गते । हेटौँडास्थित सहिद स्मारक परिसरमा निर्माणाधीन जनजाति संग्रहालय सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। स्मारक विकास समितिका अनुसार संग्रहालय आगामी असार महिनाको अन्तिम सातासम्म सञ्चालनमा ल्याइने लक्ष्य राखिएको छ। संग्रहालय सञ्चालनका लागि विभिन्न आदिवासी जनजाति संगठनका अगुवाहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। समितिका सदस्य नवीन सिग्देलका अनुसार उक्त कार्यक्रममार्फत आवश्यक सामग्री संकलन र व्यवस्थापनबारे महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन्। छलफलमा स्मारक विकास समितिका अध्यक्ष तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले आदिवासी जनजाति समुदायको पहिचान झल्किने भेषभूषा, रहनसहन, भाषा, संस्कृति तथा रीतिरिवाज सम्बन्धी सामग्री संग्रहालयमा राखिने जानकारी दिए। उनका अनुसार संग्रहालय केवल अवलोकनस्थल मात्र नभई…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु गर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु गर्‍यो

काठमाडौं,बैशाख १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। पार्टीको केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार उम्मेदवार छनोटलाई व्यवस्थित र पारदर्शी बनाउन विशेष समिति गठन गरिएको हो। समितिमा पार्टीका सह-महामन्त्री तथा संयोजक विपिनकुमार आचार्यसहित विभिन्न केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिइएको छ। समितिमा सचिव, सदस्य लगायतका पदाधिकारीहरू समेटिएका छन्। उम्मेदवार छनोटका लागि वडा, पालिका, जिल्ला र प्रदेश तहबाट सिफारिस संकलन गर्ने कार्यतालिका समेत सार्वजनिक गरिएको छ। प्राप्त सिफारिसहरूको अध्ययन गरी अन्तिम उम्मेदवार टुंगो लगाइने जनाइएको छ। पार्टीले सबै तहका समितिहरूलाई निर्धारित समयसीमाभित्र…
Read More
धितोपत्र कसुरमा शेखर गोल्छा पक्राउ, सीआईबीद्वारा अनुसन्धान जारी

धितोपत्र कसुरमा शेखर गोल्छा पक्राउ, सीआईबीद्वारा अनुसन्धान जारी

काठमाडौं,बैशाख १० गते । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई पक्राउ गरेको छ। सीआईबीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छामाथि अनुसन्धान अघि बढाइएको हो। काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका–८ का बासिन्दा हुलासचन्द्र गोल्छाका छोरा, वर्ष ५९ का शेखर गोल्छा उक्त प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। विज्ञप्तिअनुसार धितोपत्र सम्बन्धी ऐनको दफा ९४, ९५ र ९६ को उपदफा (१) तथा दफा १८ बमोजिमको कसुरमा संलग्न रहेको आशंकामा उनलाई अनुसन्धानको दायरामा ल्याइएको हो। सोही ऐनको दफा १०३ को उपदफा (३)…
Read More
पर्शा राष्ट्रिय निकुञ्जलाई पर्यटन गन्तव्य बनाउने पहल, चार स्थानीय तहबीच समन्वय बैठक सम्पन्न

पर्शा राष्ट्रिय निकुञ्जलाई पर्यटन गन्तव्य बनाउने पहल, चार स्थानीय तहबीच समन्वय बैठक सम्पन्न

हेटौँडा, वैशाख १० गते । पर्शा राष्ट्रिय निकुञ्ज को मध्यवर्ती क्षेत्रमा पर्ने हेटौंडा उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, मनहरी गाउँपालिका र ठोरी गाउँपालिका लाई समेटेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय तहहरूबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ। बैठकमा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, जितपुर सिमराका प्रमुख राजन पौडेल, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती तथा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो। बैठकमा पर्शा राष्ट्रिय निकुञ्जलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउने, पूर्वाधार विस्तार गर्ने तथा स्थानीय समुदायलाई पर्यटनसँग जोड्ने विषयमा विस्तृत छलफल गरिएको थियो। यस क्रममा सहभागी स्थानीय तहबीच आपसी समन्वय गर्दै पर्यटन विकासका सम्भावित योजना, संरक्षण र व्यवस्थापनका उपाय तथा दीर्घकालीन रणनीति निर्माणका…
Read More
हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’

हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’

काठमाडौँ,बैशाख १० गते । हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा आएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद साम्पाङले प्रयोग गर्दै आएको ‘Harka Sampang A Revolution’ नामक फेसबुक आइडी केही दिनअघि अचानक निष्क्रिय बनेको थियो। उनले अप्रिल १६ मा अन्तिम पटक उक्त आइडीबाट पोस्ट गरेका थिए। त्यसपछि आइडी नचल्ने भएपछि उनले आफैंले नयाँ फेसबुक आइडी खोलेर जानकारी गराएका थिए। बिहीबार भने उनको पुरानै फेसबुक आइडी पुनः फिर्ता आएको हो। आइडी फिर्ता आएलगत्तै साम्पाङले पहिलो पोस्टका रूपमा हाँसेको इमोजी सार्वजनिक गरेका छन्। त्यसपछि उनले ‘विरोधीहरूलाई हार्दिक धन्यवाद’ लेख्दै अर्को सन्देश पोस्ट गरेका छन्। यसअघि उनले ‘विरोधी’हरूले रिपोर्ट गरेकै कारण आफ्नो फेसबुक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.