बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक विदा घोषणा

हेटौंडा,बैशाख २२ गते । बागमती प्रदेश सरकारले २०८३ साल वैशाख २४ गते बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय, हेटौंडाद्वारा प्रकाशित सूचनाअनुसार उक्त दिन “सरकारी कामकाजको भाषासम्बन्धी दिवस” को अवसर पारेर प्रदेशभर विदा दिइने भएको हो।

प्रदेश राजपत्रको खण्ड ९, सङ्ख्या ०९, भाग ३ मा मिति २०८२ चैत्र २३ गते प्रकाशित सूचनालाई आधार मान्दै प्रदेश सरकारले यस वर्षको उक्त दिवसलाई विशेष रूपमा मनाउने तयारीस्वरूप सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ।

मन्त्रालयका अनुसार सो दिन प्रदेश अन्तर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरू बन्द रहनेछन्। यस निर्णयले सरकारी कामकाजको भाषाको संरक्षण, प्रवर्द्धन र प्रयोगलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

उक्त सूचना मन्त्रालयका अधिकृत नवौँ पदम ओझाद्वारा जारी गरिएको हो। सम्बन्धित सबै निकाय तथा सर्वसाधारणलाई सो निर्णयबारे जानकारी गराउन यो सूचना सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.