भाषिक विविधताको सम्मान गर्दै बागमतीमा भाषा दिवस मनाइँदै, मुख्यमन्त्री बानियाद्वारा शुभकामना व्यक्त

हेटौंडा,बैशाख २४ गते । बागमती प्रदेश सरकारले प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० कार्यान्वयनको ऐतिहासिक उपलब्धिका अवसरमा मनाइने भाषा दिवसको सन्दर्भमा शुभकामना व्यक्त गरेको छ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले शुभकामना सन्देश जारी गर्दै प्रदेशमा बसोबास गर्ने विशेषगरी तामाङ तथा नेपाल भाषा (नेवारी) बोल्ने समुदायका नागरिकहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।

मुख्यमन्त्री बानियाँले नेपालको संविधानले नेपालमा बोलिने सबै भाषालाई राष्ट्रभाषाको रूपमा अङ्गीकार गर्दै भाषा, संस्कृति र पहिचानको संरक्षण गर्ने हक सुनिश्चित गरेको उल्लेख गरेका छन्। सोही संवैधानिक मर्म र भावनालाई आत्मसात गर्दै बागमती प्रदेश सरकारले नेपाली भाषासँगै तामाङ र नेपाल भाषालाई प्रदेश सरकारी कामकाजको भाषाका रूपमा लागू गरिसकेको उनले बताएका छन्।

शुभकामना सन्देशमा प्रदेशभित्र बोलिने नेपाली, तामाङ, नेपाल भाषा लगायत विभिन्न मातृभाषाहरूले सामाजिक विविधता र समृद्ध सांस्कृतिक परम्परालाई जीवन्त बनाइरहेको उल्लेख गरिएको छ। यी सबै भाषाको संरक्षण, प्रवर्द्धन र विकास गर्नु सबैको साझा जिम्मेवारी भएको मुख्यमन्त्री बानियाको भनाइ छ।

प्रदेश सरकारले प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० जारी गरी बहुभाषिक नीतिलाई व्यवहारमा उतार्दै मातृभाषामा सम्मान, शिक्षा तथा प्रयोगलाई बढावा दिन निरन्तर प्रयास गरिरहेको पनि उनले बताएका छन्।

मुख्यमन्त्री बानियाले यस ऐतिहासिक पहलबाट विशेषगरी तामाङ र नेवारी समुदायसहित सम्पूर्ण प्रदेशवासीले आफ्नै मातृभाषामा सरकारी सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित भएको उल्लेख गरेका छन्। यसले नागरिक र सरकारबीचको सम्बन्धलाई थप सुमधुर, जनमुखी र सेवामुखी बनाउने विश्वास उनले व्यक्त गरेका छन्।

उनले भाषा दिवसले भाषिक विविधताको सम्मान गर्दै सामाजिक न्याय, सहअस्तित्व र सांस्कृतिक एकताको भावनालाई अझ सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गरेका छन्।

Screenshot

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भाषिक विविधताको सम्मान गर्दै बागमतीमा भाषा दिवस मनाइँदै, मुख्यमन्त्री बानियाद्वारा शुभकामना व्यक्त

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

भाषिक विविधताको सम्मान गर्दै बागमतीमा भाषा दिवस मनाइँदै, मुख्यमन्त्री बानियाद्वारा शुभकामना व्यक्त

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

भाषिक विविधताको सम्मान गर्दै बागमतीमा भाषा दिवस मनाइँदै, मुख्यमन्त्री बानियाद्वारा शुभकामना व्यक्त

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

भाषिक विविधताको सम्मान गर्दै बागमतीमा भाषा दिवस मनाइँदै, मुख्यमन्त्री बानियाद्वारा शुभकामना व्यक्त

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

भाषिक विविधताको सम्मान गर्दै बागमतीमा भाषा दिवस मनाइँदै, मुख्यमन्त्री बानियाद्वारा शुभकामना व्यक्त

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

भाषिक विविधताको सम्मान गर्दै बागमतीमा भाषा दिवस मनाइँदै, मुख्यमन्त्री बानियाद्वारा शुभकामना व्यक्त

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.