बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनोट आज हुने

झुझुरे,बैशाख ३१ गते । बागमती गाउँपालिकाले बागमती फुटबल एकेडेमी सञ्चालनका लागि आवेदन दिएका खेलाडीहरूको छनोट कार्यक्रम आज (बिहीबार) सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार बागमती गाउँपालिकाको खेलकुद एकेडेमी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१ (संशोधन २०८२ सहित) को दफा ९ तथा दफा १९ बमोजिम फुटबल एकेडेमी स्थापना तथा सञ्चालन प्रक्रिया अघि बढाइएको हो।

यसअघि प्रकाशित विद्यार्थी तथा फुटबल प्रशिक्षार्थी भर्ना सम्बन्धी सूचनाअनुसार आवेदन दिएका १३ जना खेलाडीहरूको छनोट कार्यक्रम जनता माविको खेलमैदान, बागमती–८ मकवानपुरमा बिहान ठीक ८ बजेदेखि सञ्चालन हुने जनाइएको छ।

छनोट प्रक्रियामा हेटौंडा, बकैया तथा बागमती क्षेत्रका खेलाडीहरू सहभागी हुनेछन्। गाउँपालिकाले सम्बन्धित सम्पूर्ण खेलाडी तथा अभिभावकलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ।

सूचनाअनुसार छनोटमा सहभागी हुने खेलाडीहरूले फुटबल बुट, जुराफ, सिनप्याड तथा एक सेट जर्सी अनिवार्य रूपमा लगाएर उपस्थित हुनुपर्नेछ। साथै छनोट कार्यक्रमलाई व्यवस्थित बनाउन बागमती फुटबल एकेडेमी व्यवस्थापन समितिलाई आवश्यक समन्वय र सहकार्य गर्न आग्रह गरिएको छ।

खेलाडी छनोट कार्यक्रममार्फत उत्कृष्ट प्रतिभालाई एकेडेमीमा आबद्ध गरी व्यावसायिक फुटबल प्रशिक्षण प्रदान गर्ने गाउँपालिकाको लक्ष्य रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनोट आज हुने

किङ कोब्राको टोकाइबाट घाइते सर्प उद्धारकर्ता राजेश थापाको स्वास्थ्यमा सुधार, आइसीयूबाट वार्डमा सार्ने तयारी

बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनोट आज हुने

कालापानीलगायत सीमा विवादमा सरकार गम्भीर बन्नुपर्ने सामाजिक अभियन्ता विशालराज महतको धारणा

बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनोट आज हुने

मनहरीमा डेङ्गु नियन्त्रण अभियान सञ्चालन, लामखुट्टेको बासस्थान नष्ट गर्न समुदायलाई आग्रह

बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनोट आज हुने

मनहरीमा समुदायमा आधारित रोग निगरानी प्रणालीबारे अभिमुखीकरण, समयमै रोग पहिचानमा समुदायको भूमिका महत्वपूर्ण

बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनोट आज हुने

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनोट आज हुने

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.