हेटौंडाको रोयल पार्टी प्यालेसमा आगलागी, २० लाख बराबरको क्षति

हेटौंडा,जेठ १४ गते। हेटौंडा उपमहानगरपालिका–४ भुटनदेवी मोडस्थित शेर बहादुर पहरीले सञ्चालन गरेको रोयल पार्टी प्यालेसमा आज आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रहरीका अनुसार आज दिउँसो अन्दाजी १२ः२५ बजे सभा हलको स्टेजमा विद्युत् सर्ट भई आगलागी भएको हो । आगलागी भएको खबर प्राप्त हुना साथ वडा प्रहरी कार्यालय सानो पोखराबाट २ जना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

स्थानीयवासी तथा हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो करिब २० मिनेटपछि अर्थात् १२ः४५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट सभा हलको स्टेजमा रहेको जिप्सन, एक थान लाइट, इलेक्ट्रोनिक तार, जस्ता तथा स्टेन बोर्ड लगायतका सामग्री जलेर नष्ट भएको छ । घटनाबाट अन्दाजी २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडाको रोयल पार्टी प्यालेसमा आगलागी, २० लाख बराबरको क्षति

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौंडाको रोयल पार्टी प्यालेसमा आगलागी, २० लाख बराबरको क्षति

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौंडाको रोयल पार्टी प्यालेसमा आगलागी, २० लाख बराबरको क्षति

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौंडाको रोयल पार्टी प्यालेसमा आगलागी, २० लाख बराबरको क्षति

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

हेटौंडाको रोयल पार्टी प्यालेसमा आगलागी, २० लाख बराबरको क्षति

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

हेटौंडाको रोयल पार्टी प्यालेसमा आगलागी, २० लाख बराबरको क्षति

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.