Day: २०८३ जेष्ठ १४, बिहीबार २३:४८

राष्ट्रपति रनिङ्ग शिल्डको उसुमा मकवानपुरलाई युना पुलामी मगरको काँश्य पदक

राष्ट्रपति रनिङ्ग शिल्डको उसुमा मकवानपुरलाई युना पुलामी मगरको काँश्य पदक

हेटौंडा,जेठ १४ गते। बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी १६औं संस्करणको प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर्गत उसु प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न प्रतियोगितामा मकवानपुरकी खेलाडी युना पुलामी मगरले काँश्य पदक जित्दै जिल्लालाई पदक दिलाएकी छन् । सान्शोउ विधाअन्तर्गत ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी बागमती गाउँपालिका–६ निवासी युना पुलामी मगर तृतीय हुँदै काँश्य पदक जित्न सफल भएकी हुन् । टिम प्रशिक्षक जयराम रथाल मगरका अनुसार मकवानपुर टोलीबाट सहभागी खेलाडीमध्ये युनाले मात्रै पदक दिलाएकी हुन् । प्रतियोगितामा मकवानपुरबाट १२ जना खेलाडी सहभागी भए पनि अन्य खेलाडी पदकविहीन बनेका प्रशिक्षक मगरले जानकारी…
Read More
हेटौंडामा चोरीमा संलग्न दुई युवक पक्राउ, सुनका गरगहना र बोल्ड कटर बरामद

हेटौंडामा चोरीमा संलग्न दुई युवक पक्राउ, सुनका गरगहना र बोल्ड कटर बरामद

हेटौंडा,जेठ १४ गते। जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीमा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढीचौर घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ कमानेमा डेरा गरी बस्दै आएका २३ वर्षीय चुडामणि खड्का र २१ वर्षीय टेकबहादुर खड्का रहेका छन् । प्रहरीका अनुसार, राति वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ सानो पोखरा चोक क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई फेला पारी शरीर तथा झोलाको खानतलासी गरेको थियो । खानतलासीका क्रममा सुन जस्तो देखिने पातलो धातुको चुरा दुई थान, औँठी एक थान, कानमा लगाउने झुम्का दुई…
Read More
३० वर्षे प्रहरी सेवा पूरा गरेका प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिराज निरौलाको सम्मानसहित बिदाई

३० वर्षे प्रहरी सेवा पूरा गरेका प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिराज निरौलाको सम्मानसहित बिदाई

हेटौंडा,जेठ १४ गते। नेपाल प्रहरी सेवामा करिब ३० वर्ष योगदान पुर्‍याई अनिवार्य अवकाश प्राप्त गर्न लागेका पूर्व प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिराज निरौलालाई सम्मानसहित बिदाई गरिएको छ । बिदाई कार्यक्रममा यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले फुलको गुच्छा, खादा तथा कदरपत्र प्रदान गर्दै निरौलाले प्रहरी संगठनमा इमान्दार, कर्तव्यनिष्ठ र अनुशासित भएर पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै कार्यालय प्रमुख काफ्लेले लामो समयसम्म संगठनप्रति समर्पित भएर सेवा गर्नु आफैंमा उदाहरणीय कार्य भएको उल्लेख गर्दै अवकाशपछिको जीवन सुखमय, स्वस्थ र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । नेपाल प्रहरी सेवामा प्रहरी जवान पदबाट…
Read More
हेटौंडाको रोयल पार्टी प्यालेसमा आगलागी, २० लाख बराबरको क्षति

हेटौंडाको रोयल पार्टी प्यालेसमा आगलागी, २० लाख बराबरको क्षति

हेटौंडा,जेठ १४ गते। हेटौंडा उपमहानगरपालिका–४ भुटनदेवी मोडस्थित शेर बहादुर पहरीले सञ्चालन गरेको रोयल पार्टी प्यालेसमा आज आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरीका अनुसार आज दिउँसो अन्दाजी १२ः२५ बजे सभा हलको स्टेजमा विद्युत् सर्ट भई आगलागी भएको हो । आगलागी भएको खबर प्राप्त हुना साथ वडा प्रहरी कार्यालय सानो पोखराबाट २ जना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो । स्थानीयवासी तथा हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो करिब २० मिनेटपछि अर्थात् १२ः४५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट सभा हलको स्टेजमा रहेको…
Read More
हेटौंडा–११ मा न्यायिक सचेतना कार्यक्रम सम्पन्न

हेटौंडा–११ मा न्यायिक सचेतना कार्यक्रम सम्पन्न

हेटौंडा,जेठ १४ गते। हेटौंडा उपमहानगरपालिका–११ मा एक दिने न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । न्यायिक समिति हेटौंडा–११ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम न्यायिक समिति हेटौंडा–११ की संयोजक शर्मिला अधिकारीको सभाध्यक्षता तथा वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो । स्थानीय तहमा रहेका न्यायिक समितिको भूमिका, कानुनी अधिकार तथा समुदायस्तरमा देखिने विभिन्न विवाद र हिंसाका विषयमा नागरिकलाई सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय तहमा हुने पारिवारिक विवाद, घरेलु हिंसा, अन्याय, सामाजिक विभेद तथा विभिन्न प्रकारका कुरिती विरुद्ध कसरी कानुनी रूपमा समाधान खोज्न सकिन्छ भन्ने…
Read More
वैभव सूर्यवंशीको विस्फोटक इनिङ्समा राजस्थान दोस्रो क्वालिफायरमा, हैदरावाद ४७ रनले पराजित

वैभव सूर्यवंशीको विस्फोटक इनिङ्समा राजस्थान दोस्रो क्वालिफायरमा, हैदरावाद ४७ रनले पराजित

भारत,जेठ १४ गते। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दोस्रो एलिमिनेटर खेलमा राजस्थान रोयल्स विजयी हुँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। न्यु चण्डिगढमा बुधबार राति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ४७ रनले पराजित गर्दै राजस्थानले फाइनल यात्रा कायम राखेको हो। अब राजस्थानले फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। टस हारेर पहिला ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २४३ रनको विशाल योगफल तयार गरेको थियो। राजस्थानको उच्च स्कोरमा युवा ब्याटर वैभव सूर्यवंशी नायक बने। उनले केवल २९ बलमा ९७ रनको विस्फोटक इनिङ्स खेल्दै मैदान तताए। आफ्नो इनिङ्समा उनले १२ छक्का र ५ चौका प्रहार गरेका थिए। यससँगै सूर्यवंशीले आईपीएलको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.