राष्ट्रपति रनिङ्ग शिल्डको उसुमा मकवानपुरलाई युना पुलामी मगरको काँश्य पदक

हेटौंडा,जेठ १४ गते। बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी १६औं संस्करणको प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर्गत उसु प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न प्रतियोगितामा मकवानपुरकी खेलाडी युना पुलामी मगरले काँश्य पदक जित्दै जिल्लालाई पदक दिलाएकी छन् ।

सान्शोउ विधाअन्तर्गत ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी बागमती गाउँपालिका–६ निवासी युना पुलामी मगर तृतीय हुँदै काँश्य पदक जित्न सफल भएकी हुन् । टिम प्रशिक्षक जयराम रथाल मगरका अनुसार मकवानपुर टोलीबाट सहभागी खेलाडीमध्ये युनाले मात्रै पदक दिलाएकी हुन् ।

प्रतियोगितामा मकवानपुरबाट १२ जना खेलाडी सहभागी भए पनि अन्य खेलाडी पदकविहीन बनेका प्रशिक्षक मगरले जानकारी दिए । यस वर्ष उसु प्रतियोगितामा बागमती गाउँपालिकाका खेलाडीहरूको उल्लेख सहभागिता रहेको तथा हेटौंडाका खेलाडीहरू पनि सहभागी भएको उनले बताए ।

नयाँ खेलाडीहरूको सहभागिता धेरै रहेकाले अपेक्षाअनुसार सफलता हासिल गर्न नसकिएको प्रशिक्षक मगरको भनाइ छ । प्रतियोगितामा विश्वनाथ निर्णायकको भूमिकामा रहेका थिए भने आयुष लामा, लिज्जा प्रजा र रितिका खतिवडा टिम म्यानेजरका रूपमा सहभागी भएका थिए ।

प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर्गत विभिन्न खेलका प्रतिस्पर्धा जारी रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

राष्ट्रपति रनिङ्ग शिल्डको उसुमा मकवानपुरलाई युना पुलामी मगरको काँश्य पदक

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

राष्ट्रपति रनिङ्ग शिल्डको उसुमा मकवानपुरलाई युना पुलामी मगरको काँश्य पदक

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

राष्ट्रपति रनिङ्ग शिल्डको उसुमा मकवानपुरलाई युना पुलामी मगरको काँश्य पदक

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

राष्ट्रपति रनिङ्ग शिल्डको उसुमा मकवानपुरलाई युना पुलामी मगरको काँश्य पदक

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

राष्ट्रपति रनिङ्ग शिल्डको उसुमा मकवानपुरलाई युना पुलामी मगरको काँश्य पदक

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

राष्ट्रपति रनिङ्ग शिल्डको उसुमा मकवानपुरलाई युना पुलामी मगरको काँश्य पदक

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.