३० वर्षे प्रहरी सेवा पूरा गरेका प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिराज निरौलाको सम्मानसहित बिदाई

हेटौंडा,जेठ १४ गते। नेपाल प्रहरी सेवामा करिब ३० वर्ष योगदान पुर्‍याई अनिवार्य अवकाश प्राप्त गर्न लागेका पूर्व प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिराज निरौलालाई सम्मानसहित बिदाई गरिएको छ ।

बिदाई कार्यक्रममा यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले फुलको गुच्छा, खादा तथा कदरपत्र प्रदान गर्दै निरौलाले प्रहरी संगठनमा इमान्दार, कर्तव्यनिष्ठ र अनुशासित भएर पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख काफ्लेले लामो समयसम्म संगठनप्रति समर्पित भएर सेवा गर्नु आफैंमा उदाहरणीय कार्य भएको उल्लेख गर्दै अवकाशपछिको जीवन सुखमय, स्वस्थ र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

नेपाल प्रहरी सेवामा प्रहरी जवान पदबाट प्रवेश गरेका निरौलाले आफ्नो सेवाकालभर विभिन्न जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्दै संगठनको गरिमा बढाउन योगदान पुर्‍याएका थिए ।

बिदाई कार्यक्रममा प्रहरी निरीक्षकहरू सहित अन्य दर्जाका प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

३० वर्षे प्रहरी सेवा पूरा गरेका प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिराज निरौलाको सम्मानसहित बिदाई

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

३० वर्षे प्रहरी सेवा पूरा गरेका प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिराज निरौलाको सम्मानसहित बिदाई

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

३० वर्षे प्रहरी सेवा पूरा गरेका प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिराज निरौलाको सम्मानसहित बिदाई

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

३० वर्षे प्रहरी सेवा पूरा गरेका प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिराज निरौलाको सम्मानसहित बिदाई

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

३० वर्षे प्रहरी सेवा पूरा गरेका प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिराज निरौलाको सम्मानसहित बिदाई

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

३० वर्षे प्रहरी सेवा पूरा गरेका प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिराज निरौलाको सम्मानसहित बिदाई

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.