पत्रकारमाथि आक्रमणको घटनाप्रति महासंघको ध्यानाकर्षण, दोषीमाथि कारबाहीको माग

सुर्खेत,जेठ १५ गते। दर्शन खबर डट कमका सम्पादक चिन्तामणि कँडेलमाथि भएको कुटपिट घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले पत्रकारमाथिको आक्रमणलाई स्वतन्त्र पत्रकारिताविरुद्धको निन्दनीय कार्य भएको उल्लेख गर्दै दोषी माथि कानुनी कारबाहीको माग गरेको छ ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अनुसार गत जेठ १२ गते सुर्खेतमा निर्माणाधीन सडक नगरपालिकाको मापदण्ड विपरीत रहेको विषयमा प्रश्न उठाएको भन्दै निर्माण व्यवसायी सुरज थापाले सम्पादक कँडेलमाथि कुटपिट गरेका थिए । उक्त आक्रमणबाट कँडेलको देब्रे कानको जाली फुटेको जनाइएको छ ।

महासंघले घाइते पत्रकार कँडेलको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पेसागत जिम्मेवारी निर्वाह गर्ने क्रममा पत्रकारमाथि भएको आक्रमण लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रता माथिको प्रहार भएको जनाएको छ ।

महासंघले घटनाको निष्पक्ष छानबिन गर्न, दोषीलाई कानुनअनुसार कारबाही गर्न तथा पत्रकारले सुरक्षित र निर्भय वातावरणमा काम गर्न पाउने अवस्था सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पत्रकारमाथि आक्रमणको घटनाप्रति महासंघको ध्यानाकर्षण, दोषीमाथि कारबाहीको माग

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

पत्रकारमाथि आक्रमणको घटनाप्रति महासंघको ध्यानाकर्षण, दोषीमाथि कारबाहीको माग

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

पत्रकारमाथि आक्रमणको घटनाप्रति महासंघको ध्यानाकर्षण, दोषीमाथि कारबाहीको माग

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

पत्रकारमाथि आक्रमणको घटनाप्रति महासंघको ध्यानाकर्षण, दोषीमाथि कारबाहीको माग

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

पत्रकारमाथि आक्रमणको घटनाप्रति महासंघको ध्यानाकर्षण, दोषीमाथि कारबाहीको माग

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

पत्रकारमाथि आक्रमणको घटनाप्रति महासंघको ध्यानाकर्षण, दोषीमाथि कारबाहीको माग

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.